२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यसेरेब्रल पाल्सीका कस्तो रोग हो जसकारण माइक्रोसफ्टका सीईओले आफ्नो छोरा गुमाए ?

सेरेब्रल पाल्सीका कस्तो रोग हो जसकारण माइक्रोसफ्टका सीईओले आफ्नो छोरा गुमाए ?


माइक्रोसफ्टका सीईओ सत्य नाडेलाका २६ वर्षीय छोरा जेन नाडेलाको सोमबार निधन भएको छ । रिपोर्टका अनुसार जेनलाई जन्मदेखि सेरेब्रल पाल्सी अर्थात मस्तिष्क पक्षघात थियो, जसले गर्दा उनको निधन भएको थियो।

तथ्याङ्क हेर्दा विश्वभर १७ करोडभन्दा बढी मानिस यस गम्भीर मस्तिष्क रोगको सिकार भएका छन् । यस रोगबारे मानिसहरूलाई सचेत गराउन हरेक वर्ष अक्टोबर ६ मा विश्व मस्तिष्क पक्षघात दिवस मनाइन्छ।

स्वास्थ्य विज्ञहरूका अनुसार सेरेब्रल पाल्सी भनेको चाल, मांसपेशीको टोन वा मुद्रा प्रभावित हुने विकारहरूको समूह हो। यो रोग बाल्यकालमा मोटर असक्षमता को प्रमुख कारण मानिन्छ। सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडीसी) का अनुसार, विश्वभरका १,००० बालबालिकामध्ये ४ जनामा ​​यो समस्या देखिएको छ। यो रोगको लक्षण बाल्यकाल वा स्कुले दिनहरुमा बालबालिकामा देखिन थाल्छ । यस रोगका कारण हातखुट्टा वा ढाडमा समस्या, असामान्य मुद्रा, अंगको अनैच्छिक अस्थिरता जस्ता समस्या हुन सक्छ। यसबारे विस्तृत जानकारी।

के हो सेरेब्रल पाल्सी ?

मेडिकल रिपोर्टका अनुसार सेरेब्रल पाल्सीका कारण खाना निल्न समस्या हुनसक्छ । यसका साथै यसले आँखाको मांसपेशीमा पनि असंतुलन पैदा गर्छ, जसमा आँखा कुनै पनि वस्तुमा ध्यान केन्द्रित गर्न असमर्थ हुन्छ। मस्तिष्क पक्षाघात भएका केही व्यक्तिहरू हिँड्न सक्षम हुन्छन्, तर, केहिलाई भने अरूको मद्दत चाहिन्छ। केही व्यक्तिहरूमा बौद्धिक क्षमता पनि प्रभावित हुन सक्छ। गम्भीर रूपमा सेरेब्रल पाल्सी जीवनभरको विकार हो।

मस्तिष्क पक्षाघातका लक्षणहरू के हुन्?

सेरेब्रल पाल्सीका लक्षणहरू व्यक्तिपिच्छे फरक-फरक हुन सक्छन्। यसले एक वा दुई अंगबाट सम्पूर्ण शरीरमा असर गर्न सक्छ। सामान्यतया यसले हिँडडुल गर्न, बोल्ने, खानपिनमा समस्या हुनुका साथै शरीरको बुद्धिको विकाससँग सम्बन्धित समस्या निम्त्याउन सक्छ।

  • मांसपेशी कठोरता वा धेरै लचिलोपन,
  • बोल्नमा समस्या,
  • मांसपेशी कडा हुनु या अत्याधिक लचिलोपन,
  • अत्याधिक र्याल बाहिर आउनु, खाना निल्न समस्या हुनु,
  • हिड्डुल गर्नमा समस्या,
  • शरीरको एकभागले ठिकसँग काम नगर्नु,
  • तन्त्रिका सम्बन्धि समस्या जस्तै दौडने, बौद्धिक अक्षमता र अन्धोपन आदि ।

मस्तिष्क पक्षघात किन हुन्छ?

रिपोर्टका अनुसार मस्तिष्कको असामान्य विकास वा विकासको क्रममा हुने क्षतिका कारण सेरेब्रल पाल्सी हुन सक्छ। यो सामान्यतया जन्म भन्दा पहिले हुन्छ, केहि अवस्थामा यो जन्म मा वा बाल्यकाल मा पनि हुन सक्छ। यी कारणहरूलाई सामान्यतया सेरेब्रल पाल्सीका लागि जिम्मेवार मानिन्छ।

  • सुत्केरीको समयमा बच्चाको मस्तिष्कमा अक्सिजनको कमीको कारण पनि यो रोग देखिन सक्छ।
  • जीन उत्परिवर्तन, परिणामस्वरूप मस्तिष्कको असामान्य विकास हुन्छ ।
  • शिशुमा गम्भीर जण्डिसको समस्या आउँछ ।
  • मस्तिष्क संक्रमण जस्तै इन्सेफलाइटिस र मेनिन्जाइटिस।
  • इन्ट्राक्रानियल रक्तस्राव अवस्था।
  • बच्चाको दुर्घटना, लडेर वा बाल दुर्व्यवहारको परिणामस्वरूप टाउकोमा चोट लाग्नुको कारण।

के सेरेब्रल पाल्सी निको हुन सक्छ?

सेरेब्रल पाल्सी एक आजीवन विकार हो जुन निको हुन सक्दैन। बिरामीलाई जीवनभर हेरचाहको आवश्यकता हुन सक्छ। उपचारको माध्यमबाट, रोगका लक्षणहरू कम गर्न र जीवनको गुणस्तर बढाउन प्रयासहरू गरिन्छ। लक्षणहरू औषधी र थेरापी मार्फत नियन्त्रण गरिन्छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ