२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यशरीर र हड्डीहरू भाँचिरहेका छन् : विश्व स्वास्थ्य संगठन

शरीर र हड्डीहरू भाँचिरहेका छन् : विश्व स्वास्थ्य संगठन


विश्व स्वास्थ्य संगठनले युक्रेनमा भैरहेको मानव आपतकाल र अस्पतालहरूमा भैरहेको आक्रमणलाई लिएर गहिरो चिन्ता व्यक्त गरेको छ।

बिहिबार एक सम्मेलनमा बोल्दै डब्ल्यूएचओका स्वास्थ्य आपतकाल कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायनले भने, ‘मानिसको शरीर र हड्डी भाँचिएको छ। ज्यान गइरहेको छ र त्यहाँ जीवन बचाउने हेरचाह आपूर्ति गर्न स्वास्थ्य सेवा उपलब्ध छैन। ‘

त्यहाँको अवस्था निकै चिन्ताजनक रहेको बताए। ‘स्वास्थ्यकर्मीहरूले बच्चाहरूलाई भेन्टिलेशनमा राख्न अस्पतालको भुइँतला लागिरहेका छन्। बिरामीलाई जीवित राख्न उनीहरूलाई थप अक्सिजन चाहिन्छ, ‘डा. रायनले भने, ‘अक्सिजनको लागि प्रतीक्षा सूचीमा राख्न सकिँदैन ।’

युक्रेनमा सबैभन्दा धेरै खाँचोमा परेका मानिसहरूलाई आपूर्तिको सुरक्षित यातायात सुनिश्चित गर्न मानवीय कोरिडोरको आवश्यकता भएको संगठनका निर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले बताए।

युक्रेनका लागि चिकित्सा आपूर्तिको पहिलो ढुवानी बिहीबार पोल्याण्डतर्फ जाँदै गरेको संगठनले जानकारी दिएको छ । जसमा १,००० बिरामीहरूको लागि घाइते तथा र आपतकालीन उपचारको सामग्रीहरु छन्।

संगठनले युक्रेनमा घर छाडेर हिडेका करिब ८ लाख ७० हजार मानिसहरूको सामूहिक आवागमनले कोभिड-१९को केसहरुमा वृद्धि हुनसक्ने चिन्ता पनि व्यक्त गरेको छ।  युक्रेन-रुस युद्धका कारण एक करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूको अनुमान छ।

-बीबीसीबाट


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ