२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यखड्गी इन्स्टिच्युट अफ युरोलोजीद्वारा २७ जनाको पत्थरीको निःशुल्क शल्यक्रिया

खड्गी इन्स्टिच्युट अफ युरोलोजीद्वारा २७ जनाको पत्थरीको निःशुल्क शल्यक्रिया


काठमाडौं—कपुण्डोलस्थित खड्गी इन्स्टिच्युट अफ युरोलोलीले २७ जनाको निःशुल्क पत्थरीको शल्यक्रिया गरेको छ । शुक्रबार इन्स्टिच्युट अफ युरोलोजीले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो ।

इन्स्टिच्युटका प्रबन्ध निर्देशक डा. संजय खड्गीले सर्वसाधारणको सहज उपचार पहुँचका लागि निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरेको बताए । ‘शल्यक्रिया गर्ने खर्च नभएका देशका विभिन्न भागका नागरिकका लागि हामीले निःशुल्क शल्यक्रिया शिविर गर्दै आएका छौं,’ उनले भने, ‘त्यसै क्रममा १८, १९ र २० फागुनमा हामीले २७ जनाको निःशुल्क पत्थरीको शल्यक्रिया गरेका छौं ।’

शल्यक्रिया गरिएका बिरामी देशका विभिन्न भागबाट आएको उनले जानकारी दिए । डा. खड्गीले आगामी दिनमा पनि आफूहरुको यो अभियान नियमित जारी रहने बताए । निःशुल्क शल्यक्रिया कुवेतस्थित रेड क्रेसेन्ट सोसाइटी अफ कुवेतसँगको सहकार्यमा गरिएको हो ।

यसअघि पनि धनगढीमा सोही संस्थाको सहयोगमा निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिएको जानकारी सम्मेलनमा दिइएको थियो ।

इन्स्टिच्युटले गरिब बिरामीका लागि दैनिक सरकारी अस्पतालकै रेटमै ४ जनाको शल्यक्रिया गर्ने कार्यक्रम पनि नियमित जारी राखेको छ । हालसम्म नियमित प्रक्रियामा आएका १६ जना बिरामीले सरकारी अस्पतालको शुल्कमै शल्यक्रिया गरेको डा. खड्गीले जानकारी दिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ