२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यफाइजर भ्याक्सिन लगाएका ५ देखि १५ वर्षसम्मका बालबालिकामा ओमिक्रोनको खतरा ५९ प्रतिशत कम

फाइजर भ्याक्सिन लगाएका ५ देखि १५ वर्षसम्मका बालबालिकामा ओमिक्रोनको खतरा ५९ प्रतिशत कम


अहिले बालबालिकाहरुमा कोभिड—१९ भ्याक्सिनको असरबारेमा संसारभर अनुसन्धान जारी छन् । अमेरिकी हेल्थ एजेन्सी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) एक अध्ययनअनुसार फाइजर—बायोएनटेकको भ्याक्सिन ५ देखि १५ वर्षसम्मका बालबालिकाहरुमा ओमिक्रोन भेरियन्टको संक्रमण खतरा काफी कम गर्ने गरेको पाइएको छ ।

समाचार एजेन्सी सिन्हवाकाअनुसार ५ देखि १५ वर्षसम्मका बालबालिकाको हरेक हप्ता कोभिड परीक्षण गरिएको थियो । लक्षण नदेखिँदा पनि उनीहरुको टेष्ट गरिएको थियो । यो जुलाई २०२१ देखि फ्रेबुअरी २०२२ सम्म चलेको थियो ।

वैज्ञानिकहरुले ओमिक्रोनको आधा केसहरुमा अन भ्याक्सिनेटेड बालबालिकाहरुमा कुनै पनि लक्षण नदेखिएको पाए । फाइजरको भ्याक्सिनको दुवै डोजबाट ५ देखि ११ वर्षसम्मका बालबालिकाहरुमा ३१ प्रतिशत खतरा कम भएको र ११ वर्षदेखि १५ वर्षसम्मका किशोर—किशोरीमा ५९ प्रतिशतसम्म संक्रमण खतरा कम पाइएको थियो ।

अमेरिकामा अक्टोबर २०२१ मा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिका लागि फाइजर भ्याक्सिनलाई अनुमति दिइएको थियो । उक्त क्लिनिकल ट्रायलमा २ हजार बढी स्वयंमसेवकहरुलाई सामेल गरिएको थियो । उक्त क्लिनिकल ट्रायलमा फाइजर भ्याक्सिन कोभिड संक्रमण रोक्न ९० प्रतिशत प्रभावकारी पाइएको थियो ।

अहिलेसम्म त्यहाँ केवल फाइजरको भ्याक्सिनलाई मात्रै ५ वर्षभन्दा बढीका बालबालिकाका लागि अनुमति दिइएको छ । मोर्डना र जोनसोन एण्ड जोनसोनका भ्याक्सिनलाई अहिलेसम्म सिडिसीले पहेलो झण्डा देखाएको छैन ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ