२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यरसियादेखि त्रसित अमेरिका : महँगो शुल्कमा धमाधम पोटासियम आयोडाइड चक्की किन्दै नागरिक

रसियादेखि त्रसित अमेरिका : महँगो शुल्कमा धमाधम पोटासियम आयोडाइड चक्की किन्दै नागरिक


रसियासँग युद्ध हुने डरका कारण अमेरिकी नागरिकहरु पोटासियम आयोडाइड ट्याबलेट किनिरहेका छन्। सेन्टर फर डिजिज कन्ट्रोलले धेरै एन्टी-रेडियशन औषधीले ज्यान नै जाने खतरा भएको चेतावनीको बाबजुद अमेरिकी नागरिकहरुले उक्त ट्याबलेट धामाधम किनिरहेका छन्।

रुसको आक्रमणले युक्रेनको कुनै एक आणविक संयन्त्रमा आक्रमण गरेपछि वा परमाणु बमबाट पनि रेडियोधर्मी नतिजा आउने डरलाई निरन्तरता दिएको छ। त्यसकारण विकिरण विषाक्तताको प्रभावलाई प्रतिरोध गर्न सक्ने सो औषधीको मागमा वृद्धि भएको हो। आइओसाट उत्पादक कम्पनीले यसको वेबसाइटमा एक प्याकेटको १४ डलर पर्ने अहिले १४९ डलरमा विक्री भैरहेको जानकारी दिएको छ।

पोटासियम आयोडाइड चक्कीहरूको मागमा भएको वृद्धिलाई मध्यनजर गर्दै सीडीसीले चक्कीको थोरै मात्राले शरीरलाई हानी नगर्ने तर, धेरै मात्राले शरीरका लागि घातक साबित हुने चेतावनी दिएको छ।

यसअघि पनि एकपटक अमेरिकामा पोटासियम आयोडिनको माग ह्वातै बढेको थियो । सन् २०११ मा जापानको भूकम्प र फुकुशिको सुनामीले आणविक उर्जा केन्द्रलाई क्षति पुर्‍याए पछि अमेरिकामा  पोटासियम आयोडाइडको माग अत्याधिक बढेको थियो ।

यसले थाइरोइड ग्रन्थीलाई क्षति पुर्‍याउन सक्छ। जसले शरीरले नियन्त्रण गर्ने धेरै हार्मोनहरू उत्पादन गर्छ, र क्यान्सर पनि हुन सक्छ।

डेलीमेलबाट


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ