२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यट्रमाका प्रमुखलाई बिरामीका कुरुवाको पत्रः ‘बिरामीको घाउमा नुन नछर्की मलमपट्टी लगाइदिनुहोस्’

ट्रमाका प्रमुखलाई बिरामीका कुरुवाको पत्रः ‘बिरामीको घाउमा नुन नछर्की मलमपट्टी लगाइदिनुहोस्’


श्रीमान प्रमुखज्यू
राष्ट्रिय ट्रमा सेन्टर
महाकाल, काडमाडौं ।

विषयः यथास्थितीबारे जानकारी ।

महोदय,

मिति २०७८/१०/२३ गतेमा वर्न एण्ड सर्जिकल वार्डमा भर्ना भएर एक महिनापछि डिस्चार्ज भइरहँदा यस संस्थाको यथास्थितीबारे केही कुरा जानकारी गराउन गइरहेको छु । सर्वप्रथम यस वार्डमा कार्यरत सम्पूर्ण डाक्टर, नर्सहरुलगायत अन्य कर्मचारीले देखाउनु भएको साथ, सहयोग र समर्पणप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।

अस्पताल भनेका मन्दिर हुन् । यसमा कार्यरत कर्मचारीहरु भगवानका रुप हुन । तसर्थ, सरकारी अस्पतालको मुख्य उद्देश्य नै जनतालाई सस्तो र सुलभ सेवा प्रदान गर्नु हो । तर, बिडम्बना केही कर्मचारीमा (३० प्रतिशत) सेवाको भावभन्दा पनि पारिश्रमिक केन्द्रीत रहेको पाइयो ।

सरकारी अस्पतालप्रति सर्वसाधारण जनताहरुमा रहेको दृष्टिकोण निकै नकारात्मक भएको र यसको ज्वलन्त उदाहरण यसै वार्डमा देख्न पाइयो । कमी—कमजोरी प्रत्येक व्यक्ति र संस्थामा हुने हुँदा त्यस्ता कमी कमजोरी खोजीनीति गरी क्रमिक रुपमा सुधार गरेर अघि बढ्दा नै संस्थाको लागि फाइदाजनक हुन्छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा गरिने साना तिना लापरवाहीले गर्दा पनि ठूलै मुल्य चुकाउनुपर्ने हुन्छ ।

बिरामी र कुरुवालाई पीडामाथि पीडा, दुःखमाथि दुःख थप्नुभन्दा साथ, सहयोग र सान्त्वना, हौसला, हिम्मत दिनु सान्दर्भिक हुन्छ । यस वार्डको मुख्य समस्याका रुपमा केही कर्मचारीहरुको मौखिक आचरण निकै कठोर, असोभनिय र मर्यादाहीन रहेको छ ।

बिरामी पीडामा छटपटि रहँदा गरिने ढिलासुस्ती साह्रै पीडादायक र मार्मिक अनुभूतिका रुपमा लिएको छु । कर्मचारीले आफ्नो काममा गर्ने अल्छीपना दिनहुँजस्तो देख्ने गरेको छु । अप्रेसनका क्रममा आवश्यकताभन्दा बढी सामाग्री मगाउने र बढी भएका सामाग्री फिर्ता नदिने गरेको गुनासो चौतर्फी सुन्न आइरहेको छ ।

अन्तमा, अब उप्रान्त यस अस्पतालमा नआउने बाचा गर्दै सम्भव भए घाउमा नुन नछर्की (आगोमा घिउ नथपी) मलमपट्टी लगाउने काम गर्न विनम्र अनुरोध गर्दछु । मात्र आफ्नो बोलीमा मिठास कायम गरी सोझा र दुःखी बिरामीको मर्मलाई बुझी साथ, सहयोग, आशा, भरोसा, सान्त्वना, हौसला र हिम्मत प्रदान गरिदिनुहुन आग्रह गर्दछु ।

साथै, कर्मचारी गतिविधीबारे मुल्यांकन गर्ने नियांमक निकायको अग्रसरता वृद्धि गर्न पहल गर्नुहोस् ।

बिरामी कुरुवा
किरण लामा
आईपी नम्बरः १३१४९५


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ