२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यमारियुपोलको अस्पताल रूसी सेनाको कब्जामा, ४ सयलाई बन्धक बनाएको युक्रेनको दावी

मारियुपोलको अस्पताल रूसी सेनाको कब्जामा, ४ सयलाई बन्धक बनाएको युक्रेनको दावी


मारियुपोल सहरका मेयर सर्गेई ओर्लोभले करिब ४०० व्यक्तिलाई रुसी सेनाले  ‘बन्धक’ बनाएको दावी गरेका छन् । बीबीसीका अनुसार सर्गेई ओर्लोभले सो अस्पताल कब्जा गरी चिकित्सक र बिरामी सहित करिब ४०० व्यक्तिलाई ‘बन्धक’ बनाएको जानकारी दिएका छन्।

‘रूसी सेनाले हाम्रो सबैभन्दा ठूलो अस्पताल कब्जा गरेको जानकारी पाएको छौँ, ‘ ओर्लोभले भने।

झण्डै दुई हप्तादेखि शहरलाई रुसी सेनाले ग्यास, पानी र बिजुली काटेका छन् । स्थानीय अधिकारीहरूले सहरमा कम्तिमा २५०० जनाको मृत्यु भएको पुष्टि भएको मेयर ओर्लोभको भनाइ छ ।

रुसले यो दक्षिणी सहरमाथि पूर्व र पश्चिमबाट आक्रमण जारी राखेको छ। युक्रेनका अधिकारीहरूअनुसार  रुसी सेनाको धेराबन्दीमा परेका झन्डै ३० हजार सर्वसाधारण मङ्गलवार अन्यत्र जान सफल भएका छन्।

झन्डै २० हजार मानिस दक्षिणी सहर मारिओपोलबाट सयौँ कारमा मानव निकास मार्ग हुँदै निस्कन सफल भएको बताइएको छ ।

-बीबीसी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ