२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्य१०-१२ चैतमा ५ औं नेपाल मेडिकल हेल्थ केयर एक्स्पो हुने

१०-१२ चैतमा ५ औं नेपाल मेडिकल हेल्थ केयर एक्स्पो हुने


काठमाडौं—काठमाडौंमा चैत १० देखि १२ गतेसम्म ५ औं नेपाल मेडिकल हेल्थ केयर सप्लाई चेन शो, नेपाल ल्याब एक्स्पो, नेपाल फार्म्यक हुने भएको छ । भृकुटीमण्डपमा हुने उक्त एक्स्पो एसडी प्रोमो मिडियाले आयोजना गर्दैछ ।

इन्जिनियरिङ एक्सर्ट प्रमोसन काउन्सिल र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालको सह—आयोजनामा हुने उक्त एक्स्पो अस्पताल, मेडिकल र प्रयोगशालाको क्षेत्रमा नेपालको एकमात्र बृहत कार्यक्रम हुनेछ । एक्स्पो सफल बनाउन नेपालका विभिन्न स्वास्थ्य संस्था, औषधि उद्योग, प्रयोगशाला र मेडिकलहरूको साथ र सहयोगले रहने अपेक्षा आयोजकको रहेको छ ।

सन् २०२० मा नै आयोजना हुने भनिएको यो एक्स्पो कोभिड—१९ महामारीको कारण अहिलेको मितिमा सरेको हो । यो एक्स्पोले नेपालको स्वास्थ्य संस्था र प्रयोगशालाहरूलाई अहिलेको उन्नत अवसरहरू प्रदान गर्दै उनीहरूका आवश्यकताहरू पूरा गर्ने कुरामा आयोजकहरू विश्वस्त छन् ।

आयोजकको मुख्य उद्देश्य भनेको यहाँको स्वास्थ्य संस्था, प्रयोगशाला र औषधि उद्योगलाई आवश्यक पर्ने साथ र सहयोग प्रदान गर्नु रहेको आयोजकको दावी छ । विश्वभरीका कम्पनीहरूको यो नयाँ प्रयोग, नयाँ सेवा एवं उत्पादनहरूलाई नेपालका सहयोगी कम्पनीहरूले यस एक्सपोमा प्रस्तुत गर्नेछन् । त्यसबाहेक चिकित्सा उपकरण, निदान उत्पादन, जैविक चिकित्सा उपकरण, शल्यचिकित्सा उपकरण, अस्पताल फर्निचर, चिकित्सा उपभोग्य सामग्री, एक्स–रे उपकरण, अर्थोपेडिक प्रत्यारोपण, चिकित्सा ग्यास, विश्लेषणात्मक उपकरण, प्रयोगशाला उपकरण, औषधि मेसिनरीजस्ता सामग्रीहरूको लागि यो एक्सपो एउटा विशेष मञ्च रहनेछ ।

तीन दिने एक्स्पोले विभिन्न देशका २ सय ५० भन्दा धेरै कम्पनीहरू र ५ सयभन्दा धेरै ब्राण्डहरूसहित बिजनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्ने लक्ष्य राखेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ