२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यअमेरिकी अध्ययन : ध्वनि प्रदुषित क्षेत्रमा बस्नेलाई हृदयघातको जोखिम

अमेरिकी अध्ययन : ध्वनि प्रदुषित क्षेत्रमा बस्नेलाई हृदयघातको जोखिम


हो-हल्ला भएको ठाउँमा बस्ने मानिसमा हृदयाघातको समस्या बढी हुन्छ । अमेरिकाको न्यु जर्सी मेडिक्सको एक अध्ययन अनुसार यो संख्या ती क्षेत्रमा बढी बढेको छ जहाँ एयरपोर्ट छन्, ती क्षेत्रहरूमा हृदयघातको दर ७२ प्रतिशत सम्म बढ्ने गर्छ।

प्रतिवेदनमा हृदयघातका कारण हुने २० मध्ये १ जनाको मृत्यु ध्वनी प्रदूषणका कारण हुने गरेको उल्लेख छ । चर्को आवाजका कारण मानिस निन्द्रा नलाग्ने वा गम्भीर तनावको सिकार हुन्छ । अनुसन्धानकर्ता तथा मुटुरोग विशेषज्ञ प्रोफेसर एबेल मोरेरा भन्छन्, ‘रक्तचाप र मधुमेहजस्तै ध्वनी प्रदूषणलाई पनि मुटु रोगको लागि जिम्मेवार मान्नुपर्छ । यो अनुसन्धानले हामीलाई ध्वनि प्रदूषण र वायु प्रदूषण हृदयको लागि खतरनाक छ भनेर सोच्न मद्दत गर्छ।’

‘ठूलो आवाजले रक्तचाप बढ्छ’

अनुसन्धानकर्ताले सन् २०१८ मा हृदयाघातका घटनालाई क्रस चेक गरेको बताए । ध्वनिको स्तर ६५ दशमलब नजिक भएको स्थानलाई ध्वनि प्रदूषण भएको क्षेत्र भनिन्छ। अनुसन्धानमा यी ठाउँमा बस्ने मानिसहरू सबैभन्दा बढी प्रभावित भएको बताइएको छ। यहाँको अवस्था एउटै कोठामा दिनरात हाँसेर बस्ने मानिस जस्तै छ । चर्को आवाजका कारण मानिसमा चिडचिडापन मात्रै हुँदैन, निद्रा नलाग्ने र बहिरा हुने समस्या निम्त्याउँछ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार ध्वनिको स्तर रातमा ३०दशमलब र दिनमा ५० दशमलब हुनुपर्छ। यो उच्च ध्वनि स्तरको कारण, शरीरको रक्तनलीहरू संकुचित हुन थाल्छ। मुटुको चाल र रक्तचाप बढ्छ।

‘शान्त ठाउँहरूको तुलनामा कोलाहलको मृत्यु झण्डै दोब्बर’

विज्ञहरले लगभग १६ हजार हृदयघातका बिरामीहरूलाई ध्वनिको विभिन्न स्तरहरूमा राखेका थिए। शान्त ठाउँमा एक लाखमा मात्रै १९३८ जनाको मृत्यु भएको थियो । कोलाहल हुने ठाउँमा एक लाखमा ३ हजार ३ सय ३६ जनाको मृत्यु भएको छ । तर, ध्वनी प्रदूषणले हृदयाघात कसरी हुन्छ भन्ने अनुसन्धानले खुलासा गरेको छैन।

ध्वनी प्रदुषणका असरहरु :-

  • आवाज एक मान्यता प्राप्त वातावरणीय तनाव हो, जसमा दुबै शारीरिक र मनोवैज्ञानिक प्रभावहरू छन्। यो चिन्ता, उच्च रक्तचाप, बढेको मुटुको दर, अनिद्रा, रिस, तनावसँग सम्बन्धित छ।
  • चर्को आवाजको निरन्तर र बारम्बार एक्सपोजरबाट प्रगतिशील श्रवणको हानि हुन सक्छ।
  • चर्को आवाजले बोलीको सुगमतालाई असर गर्छ र फलस्वरूप कार्यसम्पादनमा असर गर्छ र त्रुटि हुने सम्भावना बढ्छ।
  • आवाज हस्तक्षेपको कारण स्पष्ट वाक् संचारको लागि उच्च डीबीएसमा कुराकानी सञ्चालन गर्नुपर्छ।
  • शान्त वातावरणमा बस्नेको भन्दा उच्च ट्राफिक कोलाहल भएको क्षेत्रहरूमा बस्ने मानिसहरूमा उदासी, एक्लोपन र ध्यान केन्द्रित गर्न समस्या जस्ता डिप्रेसनका लक्षणहरू हुने सम्भावना २५ प्रतिशत बढी हुन्छ।

क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ