२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोभिड बढेपछि चीनको सबैभन्दा ठूलो सहर सांघाईमा लकडाउन

कोभिड बढेपछि चीनको सबैभन्दा ठूलो सहर सांघाईमा लकडाउन


चीनले सबैभन्दा ठुलो सहरमा लकडाउन गरेको छ। कोभिडको महामारी पुन: फैलिन थालेपछि चिनियाँ सरकारले ठूलो सहर सांघाईमा लकडाउन गरेको हो।

लकडाउनको समयमा मानिसहरु घरमै बस्नुपर्ने, डेलिभर गरिएका कुनै पनि वस्तु वा सामानहरू बाहिरी सम्पर्क बन्द गर्न चेकपोइन्टमा छोडिने अत्यावश्यक व्यवसाय बाहेक सबै व्यापारिक प्रतिष्ठान बन्द रहने र सार्वजनिक यातायात पनि बन्द रहने बताइएको छ ।

सांघाईमा बृहत् कोभिड परीक्षण अभियान सुरु भएको छ । २.६० करोड जनसंख्या भएको सांघाई सहरका धेरै क्षेत्रहरु पहिले नै लकडाउनमा छन् । यसअघि सांघाईमा रहेको डिज्नी थिम पार्क पनि बन्द गरिएको थियो ।

मार्च महिनामा अहिले चीनमा ५६ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । यीमध्ये अधिकांश उत्तर पूर्वी प्रान्त जिलिनमा भेटिएका छन्। यद्यपि, सांघाईमा अहिलेसम्म सबैभन्दा कम केसहरू फेला परेका छन्। शनिबार मात्रै यहाँ ४७ जनामा ​​संक्रमण भेटिएको थियो तर संक्रमण तिव्र गतिमा फैलिएपछि चीनले लकडाउनलाई तीव्र गतिमा नियन्त्रण गर्न कदम चालेको छ ।

विगतमा पनि चीनले चाँडै कोभिड–१९ नियन्त्रण गरेको थियो । उनले ‘शून्य कोभिड नीति’ पालना गर्ने भएकाले कडा कदम चालेर महामारीलाई द्रुत गतिमा नियन्त्रण गरेको थियो। यसका लागि पनि आक्रामक उपाय अपनाउने गरेको छ । ‘शून्य कोभिड नीति’मा सामुदायिकस्तरमा संक्रमण रोक्नको लागि उपायहरू अवलम्बन गर्ने र आवश्यक पर्दा कडा लकडाउन लगाइन्छ। लापरबाही गर्ने सरकारी कर्मचारीलाई कडा कारबाही हुन्छ।


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ