२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यगर्मीमा भुलेर पनि नगर्नुस् यी गल्ती

गर्मीमा भुलेर पनि नगर्नुस् यी गल्ती


गर्मीमा शरीरलाई कयौं तरहका स्वास्थ्य समस्या झेल्नु पर्छ । थोरै पनि लापरवाहीका कारण स्वास्थ्य अवस्था खराब हुन सक्छ । केही मानिसहरु डिहाइड्रेसनका शिकार हुन्छन् भने कोही अचानक कमजोर महसुस गर्न थाल्छन् ।

गर्मी मौसम आउने बितिकै सबै कुराहरु बदलाव आउन थाल्छ । नयाँदिल्लीस्थित क्लिनिकल न्युट्रिसननिष्ट डा. मेघा जैना र हेड अफ क्लिनिकल न्युट्रिसनिष्ट डा. उपासना शर्माले गर्मीमा स्वास्थ्य राम्रो राख्नका लागि केही टिप्सहरु दिएका छन् ।

डा. मेघाकाअनुसार गर्मीको समसयमा मानिसहरुमा बढी डायरिया, कन्स्टीपेसन, डिहाइड्रेसन, ग्यास्ट्रिकजस्ता समस्या देखिन्छन् । त्यही कारण यस्ता समस्याहरुबाट बच्नका लागि वाटर वेस्ड फुड खानुपर्छ । बढीभन्दा बढी झोल पर्दा जुस, कागती, पानी र नरिवल पानी खादा स्वास्थ्यलाई फाइदा हुन्छ ।

डा. उपासनाकाअनुसार गर्मीको समयमा हामी अक्सर चिसो र मिठो सरबत पिउँछौं तर यस्तो सरबत स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसमा केवल चिनी मात्रै हुन्छ । यसले शरीरमा सुगर लेभल बढ्नुका साथै तौल बढाउने पनि धेरै खतरा रहन्छ । बाहिरको खाना कम खानुका साथै तारेका र कुहाइएका खानेकुराहरु कम खानुपर्ने उनको सुझाव छ ।

यस्तै, चिकित्सकहरुले मिठाइ नखान र त्यसको ठाउँमा आपलगायतका फलफूलहरु खान सुझाव दिएका छन् । आइसक्रिम गर्मीमा अत्याधिक खाइनेमा पर्छ, चिकित्सकहरुले खाना खाइसकेपछि कहिल्यै खान नहुनेमा जोड दिन्छन् ।

गर्मी मौसममा धेरै मानिसहरु लो ब्लड प्रेसरको समस्यासँग जुधिरहेका हुन्छन् । यस्तो अवस्थामा खानालाई कहिल्यै छाड्नु हुँदैन । केही मानिसहरु तौल घटाउनका लागि एक छाक खाना छोड्छन् ।

गर्मीमा बाहिरबाट आउने बितिकै मानिसहरु चिसो पानी पिउछन् । यसको सट्टा गर्मीमा फर्केपछि केही समय कोठाको तापक्रमसँग शरीरको तापक्रमलाई बराबर गर्नुपर्छ । त्यसपछि चिसो पानीको साटो सामान्य चिसो भएको तरल पदार्थ सेवन गर्नुपर्छ । त्यसपछि सलाद वा फलफूल खानुहोस् । त्यसपछि मात्रै आफ्नो खाना खानुपर्छ । केही मानिसहरु घामको धुपबाट फर्कने बितिकै तुरुन्तै खाना खान्छन्, जसले डाइरियाको समस्या हुन सक्छ ।

गर्मी समयमा डाइटिङको सट्टा हेवी ब्रेकफास्ट गरेर काममा निस्कनुपर्छ ।

आजतकबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ