२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ जनकपुरमा अर्किडको निःशुल्क स्वास्थ्य शिविर, २४० जनाले लिए सेवा

जनकपुरमा अर्किडको निःशुल्क स्वास्थ्य शिविर, २४० जनाले लिए सेवा


जनकपुर—बसुन्धरास्थित अर्किड फिजियो थेरापी एण्ड रिह्याबिलिटेस सेन्टरले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शनिबार जानकी मन्दिर प्राणंगणमा आयोजित उक्त स्वास्थ्य शिविरमा २ सय ४० जना सर्वसाधारणको स्वास्थ्य चेकजाँच गरिएको अर्किडकी अध्यक्ष यमुना कटुवालले जानकारी दिइन् ।

जसमध्ये निःशुल्क स्वास्थ्य शिविरबाट ९१ जनाले न्यूरो सम्बन्धि सेवा लिएका थिए । नसा रोग विशेषज्ञ डा. अविनास चन्द्रले न्यूरो सम्बन्धी स्वास्थ्य परीक्षण गरेका थिए ।

उक्त स्वास्थ्य शिविरमा १ सय ५० जनाले सर्वसाधारणले जनरल स्वास्थ्य सेवा लिएका थिए ।

उक्त निःशुल्क स्वास्थ्य शिविर दुई चरणमा सम्पन्न भएको थियो । पहिलो चरण विहान ७ बजेदेखि १० बजेसम्म चलेका थियो भने साँझ ४ बजेदेखि ७ बजेसम्म दोस्रो चरण सम्पन्न भएको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ