२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यबाबुरामका बुबाको ट्रमा सेन्टरमा हिप रिप्लेसमेन्ट अर्थोप्लास्टीको सफल शल्यक्रिया

बाबुरामका बुबाको ट्रमा सेन्टरमा हिप रिप्लेसमेन्ट अर्थोप्लास्टीको सफल शल्यक्रिया


काठमाडौँ -पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईका बाबु भोजप्रसाद भटराईको हिप रिप्लेसमेन्ट अर्थोप्लास्टीको शल्यक्रिया गरिएको छ। आइतबार राष्ट्रिय ट्रमा सेन्टरमा उनका ९३ वर्षीय बुबाको हिप रिप्लेसमेन्ट अर्थोप्लास्टीको शल्यक्रिया गरिएको हो ।

डा. रुपेश यादव, डा. रवीन्द्र रेग्मी, डा. पवन हमाल, डा. प्रभा चापागाइ, डा. कुन्जन शेर्पा, डा. छिरिङ, डा. नवीन पोखरेल, डा विजय मेहता र डा. सृजना लुइँटेल, डा. ज्ञानेन्द्रविक्रम शाहलगायतको टोलीले शल्यक्रिया गरेको थियो।

‘करिब एक घण्टा लगाएर शल्यक्रिया गरेका छौँ। अहिले उहाँको स्वास्थ्य राम्रो छ,’ उपचारमा संलग्न हाड जोर्नी तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ डा. रवीन्द्र रेग्मीले भने।

 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ