२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यग्यास्ट्रिकबाट राहत पाउन खानुहोस यी खानेकुरा

ग्यास्ट्रिकबाट राहत पाउन खानुहोस यी खानेकुरा


ग्यास्ट्रिकको समस्या आम समस्या हो । यसबाट कयौ मानिसहरु तनावमा रहन्छन् । तर, केही यस्ता प्राकृतिक खानेकुरा छन्, जसलाई खाने बितिकै यो समस्याबाट राहत पाउन सकिन्छ ।

अहिलेको समयमा व्यस्त समयमा खानेकुरा खान नखानु, धेरै चिल्लो पिरो खानाले ग्यास्ट्रिकको समस्या बढिरहेको छ । बढ्दो उमेरसँगै पेटसँग जोडिएका समस्याहरु पनि बढ्न थाल्छन् । किनभने, पाचन प्रणाली पहिलेकोभन्दा कमजोर हुन्छ । विज्ञहरुकाअनुसार आफ्नो खानामा यी ४ वटा प्राकृतिक डाइट सामेल गर्नाले ग्यास्ट्रिकबाट तत्कालै राहत पाउन सकिन्छ ।

१. अदुवा
रुघाखोकी र सर्दीको हुँदा हामी अक्सर अदुवा खाने गर्छौ । तर, के तपाईलाई थाहा छ यसबाट प्राप्त हुने जिन्जरोल र एन्डीअक्सिडेन्ट तत्व पेटको समस्यालाई निवारण गर्न सक्छ । अदुवालाई तातो पानीमा उमालेर चियाका रुपमा पिउँदा यसले पेटलाई फाइदा पु¥याउँछ ।

२. सुन्तला
सुन्तला एक यस्तो फल हो, जसमा भरपूर मात्रामा फाइबर पाइन्छ । यसको जुस खानुको सट्टा पूरा सुन्तला खानु राम्रो हुन्छ । यसमा रहेको लेक्सेटिभ पेट सफला गर्नका लागि सहयोगी हुन्छ । जसमा जसबाट कब्जियतको समस्या हट्छ । तर, सुन्तलाको जुस मात्रै पिउँनाले भने ग्यास्ट्रिको समस्या तत्कालै निवारण हुन्छ ।

३. सर्सोको बीज
सर्सोको बीजमा फाइबर अधिक मात्रामा फाइबर पाइन्छ । जसले पाचन प्रणालीलाई राम्रो बनाउँछ । यसबाट बाउल मुभमेन्टका कारण हुने ग्यास्ट्रि र पेट दुख्ने समस्या पनि निको हुन्छ ।

४. कागती
कागती कयौं बिरामीको उपचार मानिन्छ । कागती पानी वा यसको रस सलादमा निचोरेर खान सकिन्छ । यसबाट क्याल्सियम, आइरन, पोटासियम, म्याग्नेसियम र फस्फोरस पाइन्छ । यसका साथै यसमा ग्यास्ट्रिकको समस्या कम गर्ने पेक्टिन फाइबर पनि पाइन्छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ