२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ १० जना विशेषज्ञसहित निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प हुने

१० जना विशेषज्ञसहित निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प हुने


काठमाडौं—नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा १० जना विशेषज्ञहरुलाई सहभागी गराएर वृहत क्यान्सर स्क्रिनिङ क्याम्प संचालन गर्ने भएको छ ।

नर्भिक अस्पतालले आगामी १ बैशाखमा आफ्नो २९ औं वार्षिकोत्सव मनाउँदैछ । सोही अवसरमा अस्पतालले आगामी शनिबार निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प संचालन गर्ने भएको हो ।

क्यान्सरसँग सम्बन्धित १० जना विशेषज्ञ डाक्टरहरुलाई एकैपटक फ्री क्याम्पमा उतारिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।

क्याम्पमा क्यान्सरसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरु डा. एलिजा श्रेष्ठ, डा.बानिरा कार्की, डा. दीप लामिछाने, डा. सुदीप शाक्य, डा. सुचित्रा तुलाधार, डा. आरोग्य कँडेल, डा. रमिला डंगोल, डा.श्वेता बराल र डा. विवेक खनालको सहभागिता रहनेछ ।

क्यान्सर विशेषज्ञहरुको यो टिमले शनिबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म निःशुल्क सेवा दिनेछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ