२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यविराटले मनायो वार्षिकोत्सव, हप्ताभर ओपीडी निःशुल्क

विराटले मनायो वार्षिकोत्सव, हप्ताभर ओपीडी निःशुल्क


विराटनगर–विराटनगरस्थित विराट नर्सिङ होमले २८ औं स्थापना दिवस विविध कार्यक्रम आयोजना गरेर मनाएको छ । बुधबार हस्पिटल परिसरमा विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसर पारेर हस्पिटलमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय १ जनाले रक्तदान गरेको अस्पतालका मार्केटिङ प्रमुख अमितकुमार कुसवहाले जानकारी दिए । सोही दिन अस्पतालका अध्यक्ष बस्ने कार्यलय पनि उद्घाटन गरिएको छ । अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले कार्यलयको उद्घाटन गरेका हुन् ।

वार्षिकोत्सवको अवसरमा हस्पिटल स्थपाना भएदेखि हालसम्म कार्यरत २० जना कर्मचारीहरूलाई सम्मान गरिएको छ । एक भव्य समारोहबीच २० कर्मचारीहरूलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको प्रमुख कुसवहाले जानकारी दिए ।

वार्षिकोत्सवको अवसर पारेर एक हप्तासम्म अस्पतालमा ओपीडी सेवा निःशुल्क राखेको छ । चैत ३० देखि वैशाख ७ गतेसम्म अस्पतालले प्रदान गर्ने सम्पूर्ण ओपीडी सेवाहरू निःशुल्क रहेको अस्पतालले जनाएको छ ।

यस्तै, सुगर जाँच र इसीजी सेवाहरू पनि निःशुल्क रहेको छ । एक महिनासम्म अन्य ल्याब सेवाहरूमा १५ प्रतिशत छुट दिएको हुनेछ । ल्याब सेवा वैशाख ३० गतेसम्म छुट दिएको उनले बताए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ