२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यविश्वको ५२ प्रतिशत जनसंख्या टाउको दुखाइको समस्यासँग जुध्दैं

विश्वको ५२ प्रतिशत जनसंख्या टाउको दुखाइको समस्यासँग जुध्दैं

हरेक दिन १५.८ प्रतिशत मानिसमा टाउको दुख्ने समस्या


टाउको दुख्ने समस्यालाई धेरैजसो सामान्य समस्या मानिन्छ । हरेक व्यक्ति आफ्नो जीवनकालमा कमसेकम एक पटक टाउको दुख्ने समस्यासँग जुधिरहेका हुन्छन् ।

विश्वमा कयौं यस्ता मानिसहरु छन्, जो नियमित रुपमा गम्भीर टाउको दुख्ने समस्यासँग जुधिरहेका छन् । हालै नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका वैज्ञानिकहरुले यस्ता बिरामीहरुलाई लिएर एउटा ठूलो खुलासा गरेका छन् ।

अनुसन्धानकाअनुसार विश्वको ५२ प्रतिशत आवादी हर वर्ष कुनै न कुनै प्रकारको टाउको दुखाइको शिकार हुने गर्छ । यसमा माइग्रेन, सामान्य टाउको दुखाइ, चिन्ताबाट हुने टाउको दुखाइ आदि सामेल छन् ।

यो अनुसन्धानका लागि वैज्ञानिकहरुले सन् १९९१ देखि सन् २०२० सम्म ती शोधहरुमाथि अध्ययन गरे जसमा टाउको दुखाइसँग जोडिएका तथ्यांकहरु थिए ।

माइग्रेनबाट १४ प्रतिशत र चिन्ताबाट हुने टाउको दुखाइबाट २६ प्रतिशत पीडित

वैज्ञानिहरुले अनुसन्धानबाट पत्ता लगाएअनुसार संसारभर १५ प्रतिशत मानिसहरु माइग्रेनबाट हुने टाउको दुखाइको समस्याले पीडित छन् । यस्तै, २६ प्रतिशत मानिसहरु यति धेरै चिन्तित छन् कि उनीहरुको टाउको दुखाइको कारण चिन्ता बन्ने गरेको छ ।

अनुसन्धानका अनुसार विश्वमा हरेक दिन १५. ८ प्रतिशत मानिसहरु टाउको दुख्ने समस्यासँग जुध्छन् ।

महिलामा टाउको दुख्ने समस्या बढी

अनुसन्धानमा पुरुषको तुलनामा महिलाहरुमा सबै प्रकारका टाउको दुखाइका समस्या बढी पाइएको छ । विश्वका २७ प्रतिशत महिलामा माइग्रेनको समस्या छ भने ८.५ प्रतिशत पुरुष यो समस्याबाट पीडित छन् ।

करिब ६ प्रतिशत महिलामा टाउको दुखाइको समस्या १५ दिन वा त्यो भन्दा बढी समय रहन्छ भने पुरुषहरुमा यो प्रतिशत २.९ मात्रै छ ।

सन् २०१९ को ग्लोबल बर्ढन अफ डिजिजद्वारा गरिएको एक अध्ययनमा पनि यस्तै देखिएको थियो । जसमा विश्वमा माइग्रेन विकलांगताको दोस्रो ठूलो कारण पाइएको थियो ।

दैनिक भाष्करबाट


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ