२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्य‘द नी हिलिङ क्लिनिक’ औपचारिक रुपमा सञ्चालनमा

‘द नी हिलिङ क्लिनिक’ औपचारिक रुपमा सञ्चालनमा


काठमाडौं—एकान्तकुनास्थित ‘द नी हिलिङ क्लिनिक’ औपचारिक रुपमा सञ्चालनमा आएको छ । शुक्रबार क्लिनिकका लगानीकर्ताहरु डा. रुपेश वैद्य, डा. करिष्मा मल्ल र मोनिका श्रेष्ठले संयुक्त रुपमा रिबन काटेर क्लिनिकको औपचारिक रुपमा शुभारम्भ गरेका हुन् ।

६० लाख रुपैयाँ लगानीमा एलोपेथिक र प्राकृतिक चिकित्सालाई फ्युजन गर्ने लक्ष्यका साथ क्लिनिक सञ्चालनमा ल्याइएको संस्थापक डा. वैद्यले जानकारी दिए । क्लिनिक उद्घाटन समारोहमा राष्ट्रिय भलिबल टिमकी स्टार स्पाइकर प्रतिभा मालीसहितका विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

अहिले ‘द नी हिलिङ क्लिनिक’मा फिजियो थेरापी, तौल नियन्त्रण, अकुंपन्चर, मेडिकल मसाज, एक्युप्रेसर, गर्भवती हुँदा र शिशु जन्मिएपछि पछि आवश्यक पर्ने व्यायामको सेवा उपलब्ध छ ।

‘‘६ वटा क्षेत्रमा छुटाएर सेवा दिन थालेका छौं,’ क्लिनिककी लगानीकर्ता समेत रहेकी विजनेश डेपलमेन्ट अफिसर मोनिका भन्छिन्, ‘स्पोर्टस मेडिसिनलाई बढी जोड दिइरहेका छौं ।’ क्लिनिकले जेरियाट्रिक केयर (उमेर गएकाहरुको फिजिओ) सेवा पनि उपलब्ध गराइरहेको उनले जानकारी दिइन् ।

एक पटकमा १५ जना बिरामीलाई सेवा दिन सक्ने क्षमता क्लिनिकको छ । नसा, हाडजोर्नी सम्बन्धि समस्या भएका बिरामीलाई विशेषज्ञ सेवा प्याकेजमै उपलब्ध गराउने क्लिनिकले जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ