२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यआगामी ५० वर्षमा जनावरबाट मानिसमा फैलिनेछन् १५ हजार भाइरस, मुख्य कारण जलवायु परिवर्तन

आगामी ५० वर्षमा जनावरबाट मानिसमा फैलिनेछन् १५ हजार भाइरस, मुख्य कारण जलवायु परिवर्तन


जलवायु परिवर्तनको भयानक असर मौसम परिवर्तन हुने र तापमान बढ्नेमा मात्रै सिमित रहने छैन्, यो त महामारीका रुपमा पनि देखिनेछ । अमेरिकाको जर्जटाउन युनिभर्सिटीले हालै गरेको एक अनुसन्धानकाअनुसार सन् २०७० सम्म संसारले हजारौं महामारीको सामना गर्नुपर्ने हुन सक्छ । साथै कमसेकम १५ हजार भाइरस जनावरबाट मानिसमा फैलने आशंका गरिएको छ ।

नेचल जर्नलमा प्रकाशित उक्त अनुसन्धानअनुसार आगामी ५० वर्षमा एसिया र अफ्रिकामा महामारी फैलने सम्भावना बढी छ । यस महाद्वीपमा पहिले नै फ्लू, एचआईभी, इबोला एवं कोभिड—१९ जस्ता भाइरस महामारीको हटस्पट बनिसकेका छन् । यहाँ मानिसबाट जनावर र जनावरबाट मासिनमा बिमारीहरु ट्रान्सफर भएको समेत पाइएको छ ।

वैज्ञानिकहरुको अनुसन्धानमा बताइएअनुसार जलवायु परिवर्तनका कारण आगामी ५० वर्षमा यदि पृथ्वीको तापक्रम २ डिग्री सेल्सीयस बढेमा ३ हजारभन्दा बढी स्तनधारी प्रजातिका जनावरहरु दोस्रो इलाकामा बस्न विवश हुनेछन् । यसका कारण भाइरस पनि उनीहरुसँग माइग्रेट हुनेछन् र त्यस इलाकामा पहिले नै रहेका जनावरहरुमा फैलिनेछन् । जुन पछि गएर मानिसहरुको ठूलो आवादीलाई पनि संक्रमित गर्नेछन् ।

अनुसन्धानकाअनुसार अहिले जनावरहरुमा यस्ता १० हजार भाइरस छन्, जो भविष्यमा गएर मानिसलाई संक्रमित गर्न सक्छन् । जसले कोभिड—१९ महामारीजस्ता ठूलो महामारीको रुप पनि लिन सक्छन् । वैज्ञानिकहरु मान्छन् कि सन् २०७० सम्म स्तनधारी प्रजातिकाबीच ४ हजार पटक भाइरस फैलिनेछ । यो अनुसन्धानमा पंक्षी र समुन्द्री जीवलाई भने सामेल गरिएको थिएन् ।

अनुसन्धानमा सहभागी वैज्ञानिक कोलिन कार्लसन भन्छन् कि यदि भविष्यको महामारीबाट बच्ने हो भने हामीले जलवायु परिवर्तनको खराब असरबाट बच्नुपर्छ । जलवायु परिवर्तन र भाइरस संक्रमण सम्पर्क गहिरो बन्दै गएको छ । जसबाट नयाँ भाइरस पैदा हुने र फैलिने खतरा पनि बढिरहेको छ । जसका कारण ग्रीन हाउस ग्यास उत्सर्जन र इन्धनको प्रयोग कम गर्नुपर्नेछ ।

-दैनिक भाष्करबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ