२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यनर्स फ्लोरेन्स नाइटिङ्गेलको सम्मानमा मनाउने गरिन्छ विश्व नर्स दिवस, यस्तो थियो उनको योगदान

नर्स फ्लोरेन्स नाइटिङ्गेलको सम्मानमा मनाउने गरिन्छ विश्व नर्स दिवस, यस्तो थियो उनको योगदान


काठमाडौँ – आधुनिक नर्सिङ फाउण्डर फ्लोरेन्स नाइटिङ्गेलको जन्म सन् १८२० मे १२मा इटालीको फ्लोरेन्समा भएको थियो। उनको जन्म जयन्तीको सम्झनामा आजको दिनलाई ‘नर्सिङ डे’ अर्थात विश्व नर्स दिवसको दिनको रुपमा विश्वभर नै मनाउने गरिन्छ ।

नर्सिङ क्षेत्रमा पुर्याएको अतुलनीय योगदानका कारण उनको भौतिक शरीर संसारमा नरहे पनि उनलाई अमर मानिन्छ। उनी ती महान् सेविका हुन् जसले सम्बृद्ध परिवार र पाइरहेको सुख छोडेर घाइते र रोगीहरुको सेवामा आफूलाई आजीवन समर्पित गरिन् ।

फ्लोरेन्सको एक सम्पन्न परिवारमा हुर्किएकी उनी गणितमा र डेटामा निकै प्रतिभाशाली थिइन्। यसै खुबी उनले अस्पताल र विरामीको स्वास्थ्य सुधार्नमा लगाइन। जब फ्लोरेन्स पहिलोपटक नर्सिङमा जाने इच्छा व्यक्त गरिन तब परिवार तयार थिएनन्। तर उनको जिद्दीपनाले गर्दा उनको बुव़ाआमाले उनलाई नर्सिङ तालिमका लागि जर्मनी पठाए।

सन् १८५३ मा क्रिमिया युद्धको क्रममा उनलाई टर्कीको सैन्य अस्पताल पठाइयो। त्यसबेला व्रिटेनले महिलालाई सेनामा समाबेस गराएको थियो। त्यसपछि उनलाई विरामीको सेवा गर्ने मौका मिलेको थियो। उनले सबैभन्दा पहिला अस्पताललाई सफा गर्ने काम गरिन। सैनिकको लागि राम्रो खाना र कपडाको व्यवस्था गरिन्।

सैनिकको ध्यान राखिएको त्यो पहिलोपटक थियो। उनको मागमा बनेको जाँच कमेटीले टर्कीमा १८ हजार सैनिक मध्ये १६ हजार सैनिकको मृत्यु फोहोर र संक्रामक रोगबाट मृत्यु भएको पत्ता लगाएको थियो। फ्लोरेन्सको प्रयासले नै व्रिटिश सेनामा मेडिकल, स्यानेटेरी साइन्स विभाग बनेको थियो। अस्पतालमा सरसफाइको चलन उनीबाटै सुरु भएको थियो।

उनी अस्पतालमा नाइट सिफ्टमा पानि विरामीको सेवा गर्थिन। रातभर जागेर हातमा लालटिन लिई सेवामा तत्पर रहने भएकाले उनलाई ‘द लेडि विद द ल्याम्प’को नामबाट विश्वले चिन्दछ। आज पनि उनको सम्मानमा नर्सिङको शपथ हातमा ल्याम्प लिएर गरिने गरिन्छ। सन् १८६०मा उनको नाममा व्रिटेनमा नर्सिङ स्कूलको स्थापना भयो। सन् १९१०मा फ्लोरेन्सको ९० वर्षको उमेरमा निधन भयो।  उनी ‘वे अर्डर अफ मेरिट’ सम्मान पाउने पहिलो महिला थिइन्।


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ