२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यमद्यपानको लतले कम उमेरमै गम्भीर रोगको शिकार बन्दै युवापिढी

मद्यपानको लतले कम उमेरमै गम्भीर रोगको शिकार बन्दै युवापिढी


युवाहरुमा तीव्ररुपमा बढ्दो अल्कोहलको लतलाई लिएर स्वास्थ्य विशेषज्ञहरुले समय-समयमा सतर्क रहन जरुरी रहेको बताउँदै आएका छन् । तर, पनि युवापिढीहरुमा यसको लत बढ्दो छ ।

मदिरा सेवनले शरीरमा गम्भीर क्षति पुर्याउँछ। यससँग सम्बन्धित कयौं गम्भीर जटिलता बारेमा हामी सबै जानकार नै छौँ। यससँग सम्बन्धित अध्ययन गरिरहेका वैज्ञानिकहरुले अत्यधिक मदिरा पिउँदा मानिसमा मुटु रोग गम्भीर जोखिम रहने जनाएका छन्।

यूनिभर्सिटी कलेज लन्डनमा गरिएको एक अध्ययनमा वैज्ञानिकहरुले किशोरावस्थादेखि लिएर युवावस्थासम्म मदिरा पिउने बानीले धमिनीमा गम्भीर समस्या देखिने देखि कम उमेरमै मुटु रोगको जोखिम बढ्ने उल्लेख गरेका छन्।

मद्यपान स्वास्थ्यको लागि हानिकारक छ भनेर थाहाँ हुँदा हुँदै पनि विश्वका अधिकांस जनसंख्यामा यसको लत बसेको विज्ञहरुको भनाइ छ। जति रक्सि सेवन गरिन्छ त्यति नै धमिनीमा हानि हुने अध्ययनमा उल्लेख गरिएको छ।

जति उमेर बढ्दै जान्छ मानिसको धमिनीहरु स्वभाविकरुपमा कडा र कम लचकदार हुँदै जान्छ। कडा धमिनी मुटु रोग र स्ट्रोकको उच्च जोखिमसँग जोडिएको छ। यस्तोमा यदि तपाईमा कम उमेरमै यस्तो खालको समस्या देखिन्छ भने बढ्दो उमेरसँगै यस समस्याले गम्भीर रुप लिन सक्छ। जसकारण कम उमेर समुहकालाई मदिरा गर्न रोक्न आवश्यक छ।

यस अध्ययनको लागि १७ देखि २४ वर्षका १ हजार ६ सय ५५ जनालाई सहभागी गराइएको थियो। अध्ययनका क्रममा ती सहभागीहरुबाट तमाखु कति सेवन गर्ने गरेको छ भन्ने कुरा जान्ने प्रयास गरिएको थियो। तमाम स्तरमा गरिएको जाँचबाटअत्याधिक धुम्रपान सँगै मदिरा पनि सेवन गर्नेहरुको धमिनी कडा हुँदै जान्छ। यति मात्र नभई पुरुषको तुलनामा महिलामा यो समस्या झनै बढी हुने गर्छ।

यूनिभर्सिटी कलेज लन्डनका अनुसन्धानकर्ता र अध्ययनका प्रमुख लेखक ह्यूगो वालफोर्ड भन्छन्,’रक्सि धेरै सेवन गर्नु धमिनीलिई क्षति पुर्याउनुको साथै मुटुरोगको जोखिम बढाउँछ। रक्सिसँगै धूम्रपानको लत हुनेमा यसको जोखिम अत्याधिक हुन्छ। भविष्यमा मुटु रोगको सम्भावित महामारी रोक्नलाई यो बानी हटाउनु आवश्यक छ।’

अध्ययनकर्ता ह्यूगो वालफोर्ड कहते हैं, सामान्यतया स्ट्याण्डर्ड मेनेटेन गर्ने चक्करमा मानिसहरु कम उमेरमै धुम्रपान र मद्यपान गर्ने गर्छन। युवाहरु मदिरा र धुम्रपानले दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्छ भन्ने कुरालाई नकार्छन। तर, यस अध्ययनले भने यसको सेवनले कम उमेर मै धमिनीमा हानि पुग्ने र मृत्युको जोखिम पनि बढ्न सक्ने लेखक वालफोर्डको दावी छ।

एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ