२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यप्लास्टिक सर्जरी गराएकी भारतीय अभिनेत्रीको मृत्यु

प्लास्टिक सर्जरी गराएकी भारतीय अभिनेत्रीको मृत्यु

डाक्टरमाथि लापरवाहीको आरोप


भारतको कन्नड सिरियलकी वरिष्ठ अभिनेत्री चेतना राजको निधन भएको छ । मिडिया रिपोर्टका अनुसार २१ वर्षीया अभिनेत्रीको बेंगलुरुको एक निजी अस्पतालमा प्लास्टिक सर्जरी गराएपछि निधन भएको हो ।

रिपोर्टमा अभिनेत्रीले शल्यक्रियाको बारेमा आफ्ना अभिभावकलाई समेत जानकारी नगरेको दाबी गरिएको छ । उनी मे १६ मा बिहान ‘फ्याट फ्री’ शल्यक्रिया गर्न साथीहरूसँग अस्पताल गएकी थिइन् । रिपोर्टका अनुसार शल्यक्रियापछि साँझ उनको स्वास्थ्य अचानक बिग्रियो र  फोक्सोमा पानी जम्न थाल्यो ।  जसकारण केही समयपछि नै उनको मृत्यु भयो ।

डाक्टरले धेरै प्रयास गर्दा पनि अभिनेत्रीलाई बचाउन सकेनन् । २१ वर्षीया अभिनेत्रीका अभिभावकले डाक्टरमाथि लापरवाही गरेको आरोप लगाएका छन् । चिकित्सकको लापरबाहीका कारण छोरीको अकालमै मृत्यु भएको उनीहरुको दाबी छ ।

यति मात्र होइन चेतनाराजका अभिभावकले अस्पताल प्रशासनविरुद्ध नजिकैको प्रहरी चौकीमा उजुरी समेत दिएका छन् । हाल चेतनाको शव अस्पतालमै छ । उनलाई भोलि (१८ मे २०२२) बिहान पोष्टमार्टमका लागि रामैया अस्पताल पठाइनेछ।

दुई वर्षअघि (अक्टोबर २, २०२०) हिन्दी र बंगाली फिल्म अभिनेत्री मिष्टी मुखर्जीको पनि केटो डाइटका कारण बेंगलुरुमा निधन भएको थियो । त्यतिबेला उनी २७ वर्षकी मात्रै थिइन् र आफ्नो तौल घटाउन केटो डाइट लिइरहेकी थिइन्, जसका कारण उनको मृगौला फेल भएको बताइएको छ ।

त्यतिबेला अभिनेत्रीका एक प्रतिनिधिले भनेकी थिइन्, ‘केटो डाइटका कारण उनको मृगौला फेल भएको थियो, जसले हामीलाई सानै उमेरमा छोडेर गएको थियो ।’

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ