२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्य१५ दिनमा १५ देशमा फैलियो ‘मंकीपक्स’

१५ दिनमा १५ देशमा फैलियो ‘मंकीपक्स’


कोभिड—१९ महामारीसँग जुधिरहेको विश्व यतिबेला मंकीपक्सको चपेटामा परेको छ । यो रोग १५ दिनको अवधिमा विश्वमा १५ देशमा फैलिएको छ ।

सोमबार बेल्जियमपछि बेलायतमा पनि मंकीपक्सका बिरामीका लागि २१ दिनको क्यारेन्टाइन समय अनिवार्य गरिएको छ । विश्व स्वास्थ्य संगठन (डल्लूएचओ)ले कुनै पनि देशमा यो रोगको एक केसलाई आउटब्रेक मानिनेछ ।

दक्षिणी छिमेकी देश भारमा पनि मंकीपक्स तीब्र रुपमा फैलनसक्ने भन्दैं अलर्ट गरिएको छ । सोमबार मुम्बईको बृहन्मुम्बई नगरमा निगमको कस्तुरबा अस्पतालमा मंकीपक्सको शंकास्पद बिरामीका लागि २८ बेडको आइसोलेसन वार्ड तयार पारिएको छ । अहिलेसम्म भारतमा मंकीपक्सका केस पुष्टि भने भएको छैन ।

अहिले बेलायत, अमेरिका, इटली, स्वीडेन, फ्रान्स, स्पेन, पोर्चुगल, जर्मनी, अष्ट्रेलिया, क्यानडा, वेल्जियम, नेदरल्याण्ड्स, इजरायल, अष्ट्रिया र स्वीजरल्याण्डमा मंकीपक्सका केसहरु देखिएका छन् । केवल दुई हप्तामा बिरामीको संख्या १०० सयभन्दा बढी पुगिसकेको छ ।

तर, मंकीपक्सबाट अहिलेसम्म मृत्यु भने कसैको पनि भएको छैन ।

-एजेन्सीको सहयोगमा 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ