२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यमनाङका स्वास्थ्यकर्मीलाई आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी अभिमुखीकरण

मनाङका स्वास्थ्यकर्मीलाई आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी अभिमुखीकरण


चामे—स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग,उपचारात्मक सेवा महाशाखाको आयोजनामा मनाङको चामेमा ३० जना स्वास्थ्यकर्मीलाई २ दिने अभिमुखीकरण तालिम दिइएको छ । सबै पालिका र स्वास्थ्य संस्था, अस्पताल तथा स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीहरुको ज्ञान र सिप अभिवृद्धि गरी हरेक स्वास्थ्य संस्थाबाट विशेषज्ञ सेवाका आधारभुत सेवा प्रवाह गर्नका उक्त अभिमुखीकरण तालिम सञ्चालन गरिएको हो ।

कार्यक्रममा न्याम्स वीर अस्पतालका प्रमुख कन्सल्टेन्ट तथा यसअघिका उपचारात्मक सेवा महाशाखाका शाखा प्रमुख डा. प्रकाश बुढाथोकी प्रमुख आतिथ्यतामा भएको छ । प्रमुख अतिथी तथा प्रमुख प्रशिक्षक डा. बुढाथोकीले प्याकेज कार्यक्रमको विकासक्रम, तालिम तथा अभिमुखीकरण कार्यक्रमका उद्देश्यका बारेमा उल्लेख गरेका थिए ।

डा. बुढाथोकीले स्थानीय र प्रदेश सरकारलाई सशर्त बजेटका रुपमा कार्यक्रम राखिएकाले त्यो कार्यान्वयन गर्न तथा आफूले पनि बजेटमा प्राथमिकता दिई यस्ता जनस्वास्थ्यका कार्यक्रम राख्न अनुरोध गरे ।

अध्यक्षका रुपमा महाशाखाका शाखा प्रमुख बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. सर्बेस शर्माले ओझेलमा परेको क्षेत्रलाई सम्बोधन गर्दे शाखा स्थापना भएको र हामी सवै मिलेर यस्को विकास र विस्तार गर्नुपर्नेमा जोड दिए ।उदघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्य,निमित्त स्वास्थ्य कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठ र मनाङ अस्पतालका प्रतिनिधीले समेत मन्तव्य राखेका थिए ।

अभिमुखीकरण तालिममा मुख स्वास्थ्यतर्फ प्रमुख कन्सल्टेन्ट डेण्टल सर्जन डा. बुढाथोकी,आँखा स्वास्थ्यतर्फ केएमसीका आँखा रोग विशेषज्ञ प्रा.डा.सविना श्रेष्ठ र नाक, कान, घाँटीतर्फ ब.मे.सु डा. सर्बेस शर्माले सहजीकरण गरेका थिए ।

चामे, नासोन,नार्पाभुमी र मनाङ ङिस्यांग गरी कुल ४ गाउँपालिका र २७ वडा रहेको मनाङ जिल्लामा १ जिल्ला अस्पताल,४ आधारभूत अस्पताल र २७ स्वास्थ्यचौकी वा आधारभुत स्वास्थ्य सेवा केन्द्र गरी कुल ३२ स्वास्थ्य संस्था हुनपर्ने भएपनि हालसम्म ३ वटा वडामा स्वास्थ्य चौकी, ४ वटा पालिकामा आधारभूत अस्पताल नै नभएकोले २४ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । कार्यक्रममा सबै स्वास्थ्य संस्था र पालिकाबाट गरी ३० जनाको सहभागिता रहेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ