२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्तन क्यान्सरसँग लड्दै भारतीय नायिका महिमा चौधरी

स्तन क्यान्सरसँग लड्दै भारतीय नायिका महिमा चौधरी


भारतीय नायिका महिमा चौधरी क्यान्सरसँग लड्दै छिन् । फिल्म ‘परदेस’ बाट बलिउडमा आफ्नो पहिचान बनाएकी नायिका महिमा चौधरीलाई स्तन क्यान्सर भएको बलिउड अभिनेता अनुपम खेरले खुलासा गरेका छन् ।

अनुपम खेरले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक भिडियो सेयर गरेका छन् । जसमा महिमा चौधरीले कसरी अनुपम खेरलाई आफ्नो रोगबारे कसरी थाहाँ भएको बताएकी छिन्। भिडियोमा नायिका कुरा गर्दा निकै भावुक देखिएकी थिइन् ।

 

View this post on Instagram

 

A post shared by Anupam Kher (@anupampkher)

अनुपम खेरले इन्स्टाग्राममा सेयर गरेको भिडियोमा महिमा सुरुमा मुस्कुराइरहेको देखिन्छ । तर, पछि उनी भावुक भइन् । क्यान्सरका कारण उनको टाउकोको कपाल पनि झरेको छ । भिडियोको शुरुवातमा महिमा चौधरीले अनुपम खेरले फ्लिमका लागि कल गरेको र आफु क्यान्सरसँग लडिरहेको बताएकी छिन्। अनुपम खेरले उनलाई सान्त्वना दिँदै भने, ‘तिमी धेरै साहसी छौ।’ भनेका छन्।

अनुपम खेरलाई उनले क्यान्सरको कुनै लक्षण नदेखिए पनि सोनोग्राफी गर्दा डाक्टरले पूर्व-क्यान्सर कोषिकाहरु फेला पारेको बताएकी छिन्। यो शतप्रतिशत निको हुने चिकित्सकको भनाइ रहेको उनी बताउछिन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ