२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यकण्डमको प्याकेट ६० हजारमा, गर्भनिरोधकको मूल्य अकासिए पनि किन्नेको लाग्छ लर्को

कण्डमको प्याकेट ६० हजारमा, गर्भनिरोधकको मूल्य अकासिए पनि किन्नेको लाग्छ लर्को


विश्वमा एउटा यस्तो देश पनि छ जहाँ कण्डमको प्याकेटको मूल्य १०० मिलिग्राम अर्थात आधा क्यारेटको हीराभन्दा बढी छ । जहाँ आधा क्यारेटको हीरा ५० देखि ५५ हजार रुपैयाँमा पाइन्छ । त्यहाँ कण्डमको प्याकेट किन्न चाहनुहुन्छ भने यसको मूल्य लगभग ६० हजार रुपैयाँ पर्छ । सो देश हो, भेनेजुएला ।

भेनेजुएलामा गर्भपतन अवैध

भेनेजुएलामा गर्भपतन गैरकानूनी छ । यहाँ गर्भनिरोधक साधनहरुको मूल्य आकाश छ। भेनेजुएलाका मानिसहरूले कण्डमको प्याकेटका लागि ६०,००० रुपैयाँसम्म खर्च गर्छन्।

पसलहरूमा भीड उत्तिकै 

यति मुल्य भए पनि पसल बाहिर सामान किन्न मानिसहरुको भीड लागेको छ । गर्भनिरोधक चक्कीको मूल्य पनि उस्तै छ ।

गर्भपतन गराउनेलाई कडा सजायको व्यवस्था

भेनेजुएलामा गर्भपतनको नियम निकै कडा छ । उक्त देशमा कसैले भ्रूण गर्भपतन गरेको पाइएमा कडा सजाय हुन्छ । भेनेजुएलाको बजारमा स्थानीय रूपमा ब्रान्डेड गर्भनिरोधक चक्कीहरू पनि उपलब्ध छन्। तर ती पूर्ण रूपमा सुरक्षित छैनन्।

मानिसहरूले आधा तलब गर्भनिरोधकमा खर्च गर्छन्

कतिपय रिपोर्टहरूले कण्डम र चक्की जस्ता गर्भनिरोधकहरूमा हरेक महिना आफ्नो आधा तलब खर्च गर्ने गरेको उल्लेख गरेको छ। त्यसकारण, मानिसहरूले जति नै महँगो परे पनि विदेशी ब्रान्डहरूका गर्भनिरोधक चक्कीहरू किन्ने गर्छन।

-दैनिक भास्करबाट


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ