२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यब्रिटिस वैज्ञानिकहरूको रिसर्च: पुरुषको तुलनामा महिलाको दिमाग बढी तात्छ

ब्रिटिस वैज्ञानिकहरूको रिसर्च: पुरुषको तुलनामा महिलाको दिमाग बढी तात्छ


महिलाको दिमाग पुरुषको तुलनामा बढी तातो हुन्छ । रिसको सन्दर्भमा होइन, तापक्रमको हिसाबले। महिलाको मस्तिष्कको तापक्रम पुरुषको तुलनामा आधा डिग्रीसम्म बढी हुने एक अध्ययनले देखाएको छ । विशेषगरी दिनको समयमा महिलाको मस्तिष्कको तापक्रम ४०.९ डिग्री सेल्सियससम्म पुग्छ।

क्याम्ब्रिजको एमआरसी प्रयोगशाला फर मोलेक्युलर बायोलोजीको अनुसन्धानले पत्ता लगायो कि शरीरको बाँकी तापक्रम ३७ डिग्री सेल्सियससम्म हुन्छ भने मस्तिष्कको औसत तापक्रम ३८.५ डिग्री सेल्सियस हुन्छ। तर, मस्तिष्कको भित्री भागको तापक्रम ४० डिग्री सेल्सियससम्म हुन सक्छ।

महिनावारीका कारण महिलाको मस्तिष्कको तापक्रम बढी हुने गरेको अनुसन्धानले देखाएको छ । अनुसन्धानमा संलग्न डाक्टर जोन ओ’निलले भने, ‘अनुसन्धानमा सबैभन्दा अचम्मको कुरा यो थियो कि कहिलेकाहीँ मानव मस्तिष्कको तापक्रम निकै बढ्छ । यदि शरीरको तापक्रम यति धेरै बढ्यो भने त्यो ज्वरोको श्रेणीमा आउँछ । यस्तो उच्च तापक्रम टाउकोमा चोट लागेका व्यक्तिहरूमा मात्र मापन गरिएको छ।’

उमेरसँगै मस्तिष्कको तापक्रम पनि बढ्छ

बढ्दो उमेरसँगै मस्तिष्कको तापक्रम पनि बढ्छ । शोधकर्ताहरुका अनुसार उमेर बढ्दै जाँदा मस्तिष्कको शीतलताको क्षमता घट्न थाल्छ । तर, कुनै मानसिक विकारका कारण यस्तो भएको हो कि होइन भन्ने विषयमा अनुसन्धान गर्न आवश्यक छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ