२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यएलर्जी र दमबारे अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एलर्जी र दमबारे अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न


काठमाडौं—पेडियाट्रिक आस्थमा एलर्जी इम्युनोलोजी प्राक्टिसनर्स सोसाइटी अफ नेपाल ‘प्याइप्सन’ र नेपाल मेडिसिटी अस्पतालको संयुक्त आयोजनामा बालबालिकाहरुमा हुने एलर्जी र दमका विषयमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ४ असारमा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा सम्मेलन सम्पन्न भएको हो ।

एलर्जी एक रोग हो र यसले गर्दा मानिसको जीवनमा दीर्घकालीन असर पर्नसक्छ भन्ने जनचेतना सर्वसाधारण र स्वास्थ्यकर्मीहरुमा न्युन भएकाले जनचेतना अभिवृद्धि गर्न र सही डाक्टरबाट बिरामीले उपचार सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले एलर्जी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको मेडिसिटी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जयचन्द्र बज्राचार्यले जानकारी दिए । एलर्जी शरीरका विभिन्न अंगमा नाक कान घाँटी, फोक्सो, पेट, आँखा आदिमा हुन सक्छ । सहि उपचार नपाए बिरामीको जीवन कस्टकर मात्र नभै कडा भएका कारण मृत्यु समेत हुनसक्ने विज्ञहरुमा अनुभव छ ।

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो , प्याइप्सनका अध्यक्ष डा. महेशकुमार गौतम, मेडिसिटी अस्पताल बोर्डका सल्लाहकार नविन कुमार, क्लिनिकल सर्भिसेज र एडुकेसनका प्रमुख डा. नीलमणी उपाध्याय, नाक, कान, घाँटी रोग विभागका प्रमुख डा. तोरण केसीलगायतको मुख्य उपस्थितीमा आयोजना गरिएको कार्यक्रम भौतिक रुपमा र अनलाइन दुवै रुपमा सञ्चालन भएको छ ।

कार्यक्रममा अमेरिकाका एलर्जी विशेषज्ञ डा.पी.के वेदान्तन र डा. विनय मेहताले अनलाइन प्रस्तुति छ भने भारतका प्रसिद्ध नाक, कान, घाँटी रोग विशेषज्ञ तथा एलर्जी विशेषज्ञ र बालरोग विशेषज्ञलगायतको उपस्थिती कार्यक्रममा रहेको थियो ।

बालबालिकाहरुमा समयमानै एलर्जीको पहिचान र त्यसको उपचारका विषयमा मूख्यत केन्द्रित रहेकोे यस कार्यक्रमले नेपालको मात्र नभइ भारत र अन्य मुलुकहरुको अवस्थाबारे समेत बुझ्ने अवसर प्रदान गरेको आयोजकले दावी गरेको छ । सम्मेलनमा देशभरका विभिन्न स्थानका करिब १ सय डाक्टरहरुको उपस्थिती रहेको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ