२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यक्लिनिक वानद्वारा पुरुष प्रजनन स्वास्थ्य सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरको आयोजना

क्लिनिक वानद्वारा पुरुष प्रजनन स्वास्थ्य सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरको आयोजना


ललितपुर—जवालाखेलस्थित क्लिनिक वानले एक दिने पुरुष प्रजनन स्वास्थ्य सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पुरुष प्रजनन स्वास्थ्य समस्या समाजमा व्याप्त हुँदा पनि यसका लागि परामर्श लिन जाने पुरुषहरुको संख्या निकै कम छ ।

‘पुरुष स्वास्थ्य महिना’को जुन महिनालाई मनाइन्छ । यही अवसर पारेर क्लिनिक वानले ११ असारमा जावलाखेलमा पुरुष प्रजनन स्वास्थ्य सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

स्वास्थ्य शिविरमा नेपालकै पहिलो पुरुष प्रजनन स्वास्थ्य (एन्ड्रोलोजीमा पि.एच.डी) गरेका डा. गौरव पोख्रेलले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिएका थिए ।

‘हाम्रो समाजमा अझै पनि पुरुष प्रजनन स्वास्थ्यको बारेमा खुला रुपमा कुरा गरिदैन् । पुरुष प्रजनन स्वास्थ्यको बारेमा खुलेर कुरा गर्न प्रोत्साहन गर्नका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका हौं,’ क्लिनिक वानका सीईओ रघु राना भने ।

त्यस्तै डा. पोखरेलले नेपालमा बाँझोपन सम्बन्धी समस्या भएका धेरै व्यक्तिहरुलाई कुन डाक्टरसँग परामर्श लिने भन्नेबारे जानकारी नभएको बताए । शिविरमा आएका नवयुवाहरुलाई शीघ्र स्खलन तथा धेरै हस्तमैथुन गर्दा नंपुसकता हुन्छ कि? भन्ने जस्ता जिज्ञासा राखेको उनले बताए । ‘नेपालमा अझैपनि पुरुष प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञानको कमी छ, त्यसैले भविष्यमा अझैपनि पुरुष प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम आवश्यक छ,’ डा. पोखरेलले भने ।

भक्तपुर भेलुखेल बृहत निःशुल्क स्वास्थ्य शिविर

११ असारमा नै क्लिनिक वानले भेलुखेल–५ भक्तपुरको देउला आधारभूत विद्यालय बृहत निःशुल्क स्वास्थ्य सेवा शिविर गरेको छ । क्लिनिक वान भक्तपुर तथा उज्यालो बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा भएको यस कार्यक्रममा सहयोगी संस्था श्रीकुमारी क्लब रहेको थियो ।

शिविरमा दन्त विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, पेट, आन्द्रा तथा कलेजो रोग विशेषज्ञ तथा जनरल फिजिसियनद्वारा परामर्श प्रदान गरिएको थियो । शिविरबाट भेलुखेलका ६५ जना बासिन्दाहरु लाभान्वित भएको क्लिनिक वानका प्रबन्ध निर्देशक सन्तोष पौडेलले जानकारी दिए ।

विशेषज्ञ डाक्टरहरुबाट निःशुल्क परामर्श पाएकोमा पाएकोमा स्थानीयहरुले खुसी व्यक्त गरेका थिए ।

शिविरमा सेवा प्रदान गरेकी जनरल फिजिसियन डा. सुजिता वैद्यका अनुसार शिविरमा आएका अधिकांशमा हाडजोर्नीको समस्या रहेको थियो । साथै, स्वास्थ्य शिविरमा आएका धेरै बालबालिकाहरुमा ज्वरो तथा खोकीको समस्या देखिएको उनले जानकारी दिइन् । वर्षायामको मौसम भएकाले हैजा फैलिन सक्ने भन्दै उनले सर्तक रहनका लागि आग्रह गरिन् ।

शिविरमा सन्तुलित आहार तथा पौष्टिक खानाबारे प्रदर्शनी गरिएको थियो । क्लिनिक वानका डायटिसियन प्रतिक पौडेलले जन्मेदेखि ६ महिना र ६ महिनादेखि २ वर्षसम्मका बालबालिका तथा गर्भवती तथा सुत्केरी महिलाले कस्तो खाना खानुपर्छ भन्नेबारेमा जानकारी दिएका थिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ