२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्वाद मात्रै हैन शरीरलाई फाइदा पनि दिने यी ३ प्रकारका चिया

स्वाद मात्रै हैन शरीरलाई फाइदा पनि दिने यी ३ प्रकारका चिया


चिया स्वास्थ्यको लागि सहि हो या गलत ? यो लामो समयदेखि चर्चाको विषय रहेको छ । अध्ययनमा पनि यसको मिल्दोजुल्दो परिमाण देख्न पाइन्छ । चियाको अत्याधिक सेवनले विभिन्न प्रकारका सवास्थ्य समस्याहरु बढ्न सक्छन् भने सुन्ने गरिन्छ । चियालाई  सन्तुलित रुपमा पिउदा राम्रो हुन्छ पनि भन्ने गर्छन । यदि तपाइ पनि यहि कुरालाइ लिएर दोधारमा हुनहुन्छ भने आज हामी तपाइको शंकालाई हटाइ चिया पिउनु कतिको ठिक भन्ने बारे जानकारी दिँदै छौँ ।

शरीरमा ताजापन महसुस गर्न र सुगन्धका लागि संसारभरी चिया पिउने गरिन्छ ।  चियामा एन्टिअक्सिडेन्ट पाइन्छ जसले शरिरमा विभिन्न प्रकारले फाइदा दिने अध्ययनले देखाएको छ । विषेशज्ञ भन्छन्, ‘अधिकांश मानिसका लागि मध्यम मात्रामा चियाको सेवन स्वास्थ्य मानिन्छ। तर, धेरै अत्याधिक मात्रामा चियाको सेवन स्वास्थ्यको लागि हानिकारक हुन्छन् । यसको बढी सेवनले चिन्ता, टाउको दुखाइ, पाचन सम्बन्धि समस्या र निन्द्रामा बाधा आउने जस्ता समस्या देखिन सक्छ ।’

चियाको बारेमा अध्ययनमा के पत्ता लाग्यो?

विभिन्न प्रकारको चिया तपाइको प्रतिरक्षा प्रणालीलाई स्वस्थ्य बनाउन सहयोग गर्ने विज्ञहरुको भनाइ छ । चियमा केहि प्रकारका औषधीलाई मिसाएर यसको सेवन गर्नाले वा केही प्रकारका चिया पिउने बानीले शरीरमा भैरहेको सुजनलाइ कम गर्ने साथै क्यन्सर र हृदय रोगबाट पनि बचाउन सक्छ । चिया तपाइको स्वस्थ्यको लागि कसरी लाभदायिक हुनसक्छ, कुन प्रकारको चियाको सेवन गरेर तपाइ स्वस्थ्य लाभ लिन सक्नु हुन्छ ? आउनुहोस् यसबारे जानौ ।

अदुवा र कालो मरिचको चिया

अदवा चिया मानिसको रोजाइमा पर्ने चिया हो । यो केबल स्वादका लागी मात्र उपयोगी नभइ, यसमा प्रयोगमा आउने औषधीले पनि शरिरमा धेरै प्रकारका लाभ प्रदान गर्दछ । चियामा अदुवा मिसाउनाले यसले तपाइलाइ रिफ्रेस गर्नुका साथै घाँटीको संक्रमण र ब्लड प्रेसरलाइ कम गर्नमा मदत गर्न सक्छ। यसबाहेक कालो मरिच जस्तो औषधीले शरीरका संक्रमणको जोखिम कम गर्दछ ।

कालो चिया

विज्ञहरु अक्सिडाइज्ड पातबाट बनेको कालो रङ धेरै हिसाबले फाइदाजनक मान्छन् । केही अध्ययन अनुसार यसले फोक्सोको स्वास्थ्यलाई बढावा दिनुका साथै स्ट्रोकको जोखिम कम गर्न सक्छ । कालो चियामा केही औषधीजन्य चीज जस्तै अदुवा, कालो मरिच, दालचिनी र अलैचीलाइ मिसाएर प्रतिरक्षा प्रणाली बढाउने पेय पदार्थका रुपमा प्रयोमा ल्याउन सकिन्छ ।

ग्रीन टीको फाइदा

ग्रीन टीलाई शरिरको लागि सबैभन्दा स्वास्थ्य बनाउने चिया मध्ये एक मानिन्छ ।  एन्टीअक्सिडाइज्ड चियाको पातबाट बनेको हरियो चियामा एन्टिअक्सिडेन्ट प्रशस्त हुन्छ । यो मस्तिष्कको कार्यलाइ राम्रो बनाउने देखि तौल घटाउने, ब्लड शुगरलाइ कन्ट्रोल गर्नुका साथै शरिरमा कयौं प्रकारको गम्भीर संक्रमण विकसित हुनबाट बचाउनमा मदत गर्न सक्छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ