२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यबोर्ड परीक्षाको नतिजालाई लिएर तनाव भयो ? यसो गर्नुहोस्

बोर्ड परीक्षाको नतिजालाई लिएर तनाव भयो ? यसो गर्नुहोस्


परीक्षाको नतिजाका लागि उत्साह र तनावको मिल्दोजुल्दो भावनालाई निकै सामान्य मनिन्छ । परीक्षा सफल होला वा नहोला भनेर अलिकति तनाव हुनु स्वभाविक नै हो ।  तर, यसले तनावको गम्भीर रुप लिनु भएन।  यसका लागि विद्यार्थीले मात्र हैन उनीहरुको आमाबुबाले नै विशेष ध्यान पु-याउनु पर्छ । सामाजिक  दवाव र परीक्षामा धेरै अंक ल्याउने दवावले बच्चाहरुमा तनाव सिर्जना गर्न सक्छ, यस परिस्थितिमा यदि समयमै ध्यान नपु-याए डिप्रेशन जस्तो गम्भीर समस्या पनि हुन सक्छ ।

यसकारण मनोचिकित्सक भन्छन्, ‘परीक्षाको नतिजालाई मात्र नतिजाका रुपमा हेर्नुपर्छ, र यसबाट सिकेर भविष्यको तयारी गर्नुपर्छ । यदि तपाईको नतिजा सोचेजस्तो आएन भने यसको चिन्ता लिनुभन्दा त्यसबाट पाठ सिकेर अगाडि अझ मिहिनेत गरेर पढ्नु राम्रो हुन्छ ।’

यस समय विद्यार्थीहरु कक्षा १०, ११ र कक्ष १२ को परीक्षाको नतिजाको प्रतिक्षा गरिहेका छन् । यस समयमा परीक्षा दिइसकेका विद्यार्थी  चिन्तित हुनु स्वभाविक हो । यस समय आमा बुबा र आफन्तले बच्चाहरुलाइ अतिरिक्त प्रेसरबाट बचाउनु पर्छ । यो तनाव बच्चाहरुको मानसिक स्वास्थ्यको समस्याको कारण पनि बन्न सक्छ । यस समय केहि सामान्य कुरालाइ ध्यान मा राखेर चिन्ता—तनाव लाई कम गर्न सकिन्छ । आउनुहोस् जानौ केहि यस्ता उपाय जुन सबै विद्यार्थीले विशेष ध्यान पु-याउनु पर्छ ।

के भन्छन् विशेषज्ञ ?  

विद्यार्थीका लागि परीक्षाको नतिजाको पर्खाइ चुनौतिपुर्ण हुन सक्ने मनोचिकित्सक बताउँछन्  । बच्चाहरमा धेरै नम्बर ल्याउने र सपना पुरा गर्ने दबाव हुन्छ । यसकारण नतिजालाई लिएर चिन्तित, तनावग्रस्त र उदास हुनु स्वभाविक हो । यद्दपी, दिमागमा यो राख्नुहोस् कि तनावले तपाइको कार्यसम्पादनमा नकारात्मक असर पार्छ, यसले तपाइको भावनात्मक, सामाजिक र व्यवहारीक विकासलाई बाधा पु-याउन सक्छ । यसकारण अतिरक्ति तनावबाट बचौं र अझ राम्रो मेहेनत गरेर भविष्यको तयारी गरौँ । तनाव कम गर्नका  लागि केहि कुरा को ध्यान राख्न आवश्यक हुन्छ ।

धुलमिल हुने, कुराकानी गर्ने

आमाबुवाले यो समयमा छोराछोरीसँग कुराकानी गरीरहनुपर्छ। उनीहरुमा सकारात्मकता फैलाउने । बच्चाहरुलाई परीक्षामा धेरै नम्बर  ल्याउने दबाव वा अरु साथीभाइ, आफन्तका छोराछोरीसँग तुलना नगर्ने, बच्चाको मनलाई बुझ्ने  र कुराकानी गरीरहनाले बालबालीकालाई चिन्ता र तनावबाट मुक्त राख्न मद्धत गर्न सक्छ ।

स्क्रीन टाइम कम गर्ने र पर्याप्त मात्रा मा निद्रा पु-याउने 

नतिजाको प्रतिक्षा गरिरहेकाबेला बच्चाहरुलाइ मोबाइल र कम्प्युटर मा धेरै समय बिताउनबाट बचाउनु पर्दछ। यसको प्रभावले तनावको स्थिती बढ्न सक्छ । सामाजिक संजाल सिमित प्रयोग गर्नुपर्छ । यसबाहेक निन्द्रा पुर्याउन एकदमै आवश्यक हुन्छ । जुन मानिसको निन्द्रा  पुरा हुँदैन, उनीहरुमा तनाब चिन्ता बढ्ने खतरा धेरै हुन्छ ।

तनाबको लक्षण पहिचान गर्ने

यदि तपाइलाई अनावश्यक रुपमा अत्याधिक चिन्ता छ। शाररिीक लक्षणहरु (जस्तै:- टाउको दुख्ने , पेट दुख्ने), अनिद्रा, चिडचिडापन र सानो सानो कुरामा रिस उठ्ने लगायतका समस्या भएमा यसलाइ बेवबस्ता नगर्नुहोस् । यो बढ्दो तनावका कारण हुन सक्छ । यस्तो अवस्थामा तनाव कम गर्ने उपायहरु जस्तै व्यायाम, ध्यान ,स्वस्थ आहार र सकारात्मकता बढाउने उपायहरु विशेष फाइदाजनक हुन्छन् ।

-भारतीय संचारमाध्यम अमरउजालाबाट


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ