२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल आयुर्वेद चिकित्सक संघको २५ औं स्थापना दिवस सम्पन्न

नेपाल आयुर्वेद चिकित्सक संघको २५ औं स्थापना दिवस सम्पन्न


काठमाडौं—नेपाल आयुर्वेद चिकित्सक संघको २५ औं स्थापना दिवसको सम्पन्न भएको छ । २० असारमा भएको उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको प्रमुख आतिथ्यता रहेको थियो ।

स्वास्थ्य मन्त्री खापुङले आयुर्वेद र नेपाल आयुर्वेद चिकित्सक संघका मागहरू जायज रहेकोमा यसको कार्यान्वयनमा सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए ।

विशिष्ट अतिथि राष्ट्रिय योजना आयोगका सदस्य डा. उमा शंकर प्रसादले अबको दशक आयुर्वेद को दशक रहेकोले यसको विकास र विस्तार मा विशेष जोड दिनुपर्ने बताए ।

कार्यक्रमका सभापति र नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. श्यामबाबु यादवले राष्ट्रिय आयुर्वेद प्रतिष्ठानको स्थापना, सरकारी सेवामा रहेका आयुर्वेद चिकित्सकहरूले वृद्धि विकास, आयुर्वेद औषधिको उत्पादन र गुणस्तर निर्धारण, जिल्ला आयुर्वेद औषधालयको आयुर्वेद चिकित्सालयमा स्तरोन्नति र औषधिजन्य जडीबुटीको अनुसन्धानको लागि राष्ट्रिय औषधिजन्य वनस्पति बोर्डको स्थापना, एवं परम्परागत चिकित्सकीय ज्ञानको संरक्षण एवं प्रवर्धन गर्न राष्ट्रिय अभिलेखीकरण प्रक्रियाको थालनी गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा आयुर्वेद चिकित्सकहरूले ‘नसर्ने रोगमा आयुर्वेद चिकित्सा’ शीर्षकको वैज्ञानिक सत्रमा आ—आफ्ना शोधपत्रहरु प्रस्तुत गरेका थिए । डा. विनोद घिमिरेले ‘नसर्ने रोगमा थेरापिटिक योग र आयुर्वेदको एकीकृत प्रभाव’ र डा. अमितमान जोशीले ‘हाइपोथाइरोडमा जडीबुटी तथा खनिज औषधिको प्रभाव’ शीर्षकका शोधपत्र प्रस्तुत गरेका थिए । उक्त वैज्ञानिक सत्रमा आयुर्वेद विज्ञ र चिकित्सकहरुले आयुर्वेदका विभिन्न चिकित्सा विधिहरूले नसर्ने रोगको चिकित्साका लागि महत्त्वपूर्ण भूमिका निभाउन सक्ने धारणा राखेका थिए । चिकित्सकहरूले यस्ता विधिहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य कार्यक्रममा समावेश गरेर नसर्ने रोगको उपचार र रोकथाम गर्ने विषयमाथि पनि छलफल गरेका थिए ।

कार्यक्रममा आयुर्वेद क्षेत्रमा अतुलनीय योगदान पु¥याउने सात जना आयुर्वेद चिकित्सकहरूलाई पनि सम्मानित गरिएको थियो । सम्मानित हुनेहरुमा डा. चन्द्रराज सपकोटा, डा. कादम्बरी आचार्य, डा. मायादेवी गौतम, डा. रामचन्द्र अधिकारी, डा. बाबुराजा अमात्य, डा. रामचन्द्र पाण्डे र डा. सुरज कर्मचार्य रहेका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ