२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यविश्व स्वास्थ्य संगठनद्वारा मंकीपक्स प्रकोपका कारण विश्वव्यापी स्वास्थ्य आपत्तकाल घोषणा

विश्व स्वास्थ्य संगठनद्वारा मंकीपक्स प्रकोपका कारण विश्वव्यापी स्वास्थ्य आपत्तकाल घोषणा


काठमाडौं—विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंकीपक्सको प्रकोपव्यापक बन्दै गएपछि विश्वव्यापी स्वास्थ्य आपत्तकाल घोषणा गरेको छ । शनिबार डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अड्हानोम गेयब्रेसेसले ७५ देशमा १६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेकाले स्वास्थ्य आपत्तकाल घोषणा गरेका बताएका हुन् ।

अहिलेसम्म मंकीपक्सका कारण ५ जनाले ज्यान गुमाइसकेका छन् । यसको फैलावट द्रुत रहेको डब्लूएचओले जनाएको छ । मंकीपक्सको प्रकोप रोक्नका लागि र संक्रमण भएकाहरुलाई बचाउनका लागि पनि विश्व स्वास्थ्य संगठनले आवश्यक तयारी गरिसकेको उल्लेख गरेको छ ।

६ मईमा बेलायतमा मंकीपक्सको पहिलो केस आउटब्रेक भएको थियो । अहिले यो नेपालको दक्षिण छिमेकी देश भारतसम्म पुगिसकेको छ । भारतीय सञ्चार माध्यमकाअनुसार भारतमा मंकीपक्सका ३ केस पुष्टि भएका छन् ।

यो भाइरल इन्फेक्सन पहिलो पटक सन् १९५८ मा बादरमा पाइएको थियो भने सन् १९७० मा पहिलो पटक मानिसमा संक्रमण देखिएको थियो ।

मंकीपक्स संक्रमण हुँदा टाउको दुख्ने, थकान, ज्वरो आउने, जीउ सुन्निने, ढाड दुख्नेलगायतका लक्षण देखिन्छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ