२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यअन्तर्राष्ट्रिय हेड एन्ड नेक क्यान्सर दिवसका अवसरमा गोष्ठीको आयोजना

अन्तर्राष्ट्रिय हेड एन्ड नेक क्यान्सर दिवसका अवसरमा गोष्ठीको आयोजना


काठमाडौं—अन्तर्राष्ट्रिय हेड एन्ड नेक क्यान्सर दिवस २०२२ को अवसरमा काठमाडौंमा एक गोष्ठी आयोजना गरिएको छ ।

कार्यक्रममा मुख र घाँटीको शल्यक्रिया तथा दन्त शल्यक्रियाका ५० भन्दा बढी विशेषज्ञहरुको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य विषय शल्यक्रिया पछिको पुनर्निर्माण सर्जरी मा थियो। चुरोट र रक्सीको प्रयोग गर्नेहरुमा यी क्यान्सरहरू बढी देखिन्छ।

मुख र घाँटीका क्यान्सरका विभिन्न बिरामीहरुको उपचार कसरी राम्रो गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्दै विशेषज्ञहरुले आफ्नो अनुभव आदान—प्रदान गरेका थिए। फ्रि(फ्ल्याप रिकन्स्ट्रक्सन र हेड एन्ड नेक ब्रेकीथेरापी प्रविधि जस्ता नयाँ प्रविधिहरू विशेषज्ञहरूद्वारा छलफल गरिएको थियो।

जुलाई २७ लाई विश्व हेड एण्ड नेक क्यान्सर दिवसका रुपमा मनाइन्छ । काठमाडौं क्यान्सर सेन्टर र क्यान्सर सपोर्ट एण्ड अवेयरनेस नेपालले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ