२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्वास्थ्य सारथी नेपालद्वारा रक्तदान कार्यक्रम आयोजना

स्वास्थ्य सारथी नेपालद्वारा रक्तदान कार्यक्रम आयोजना


काठमाडौं—स्वास्थ्य सारथी नेपालले रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । शनिबार पशुपतिनाथमा नेपाल रेडक्रस सोसाइटी, नेपाल फार्मेसी स्टुडेन्ट सोसाइटी र गणेशमान सिंह अध्ययन प्रतिष्ठानसँगको सहकार्यका उक्त रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त रक्तदान कार्यक्रमबाट ५० पेन्ट ब्लड संकलन भएको थियो । रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्य पनि सहभागी भएका थिए । उनी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत हुन् ।

बिरामीका लागि बजारमा रगतको अभाव देखिएका कारण रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् । रक्तदाता तथा रक्तदान कार्यक्रम सफल बनाउन भूमिका खेल्ने सबैप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ