२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यप्रोमेडले ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ सञ्चालनमा ल्यायो

प्रोमेडले ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ सञ्चालनमा ल्यायो


काठमाडौं—सिनामंगलस्थित प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिकले ‘हेड एक एण्ड भर्टाइगो’ (Headache and Vertigo) सञ्चालनमा ल्याएको छ । क्लिनिकका प्रबन्ध निर्देशक डा. विश्वनाथ कोइरालाकाअनुसार १५ साउनबाट क्लिनिक सञ्चालनमा आएको हो ।

‘हामीले सम्पूर्ण तयारी सकेर क्लिनिक सञ्चालनमा ल्याएका छौं,’ वरिष्ठ फिजिसियन डा. कोइरालाले हेल्थआवाजसँग भने । उनकाअनुसार हेडएक एण्ड भर्टाइगो सम्बन्धी सम्पूर्ण सेवाहरु एकै छानामुनिबाट दिने उद्देश्यका साथ क्लिनिक सञ्चालनमा ल्याइएको हो ।

‘टाउको दुख्ने र रिंगटा लाग्ने समस्या धेरैलाई हुन्छ । तर, यो हुने बित्तिकै कसलाई देखाउन जाने भन्ने कुरामा अस्पष्ट छ । कोही नाक, कान घाँटीको डाक्टर कहाँ, कोही आँखाको डाक्टर कहाँ, कोही न्यूरो सर्जन कहाँ जाने गरेको पाइन्छ,’ उनले भने, ‘यो सबैलाई संगठित रुपमा एकै छानामुनिबाट सेवा दिने हिसाबले हामीले हेडएक एण्ड भर्टाइगो क्लिनिक संचालनमा ल्याएका हौं ।’

डा. कोइरालाकाअनुसार हेडएक एण्ड भर्टाइगोको समस्या टिमवर्कबाट हल गर्नुपर्ने स्वास्थ्य समस्या हो । ‘तर, हाम्रो देशमा यो विस्तारै विकसित हुँदैछ । यो एउटा टिमले हेर्नुपर्ने कुरा हो,’ उनले थपे, ‘विदेशतिर त्यस्तो प्राक्टिस छ । हेडएक एण्ड भर्टाइगोसँगै आउने भएकोले हामीले एकै ठाउँबाट सेवा दिदैछौं ।’

उनकाअनुसार यसका लागि क्लिनिकले सामान्य ज्ञान, काउन्सिलिङ, विशिष्ट सेवा, उपचार, फ्लोअप, हिस्ट्री चेकजाँचहरु सबै कसले कति खेर के दिने भन्ने योजनासहितको प्याकेज बनाइएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ