२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यआईएमई लाइफ इन्स्योरेन्सको वृहत रक्तदान कार्यक्रममा ५७१ जनाद्वारा रक्तदान

आईएमई लाइफ इन्स्योरेन्सको वृहत रक्तदान कार्यक्रममा ५७१ जनाद्वारा रक्तदान


काठमाडौं—आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पूरा गरेको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार मुलुकका सात वटै प्रदेशमा गरिएको उक्त रक्तदान कार्यक्रममा ५७१ जना रक्तदाता सहभागी भएका थिए ।

कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यका अनुसार सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम गरिएको हो ।

कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं, लैनचौरका साथै शाखा कार्यालयहरु विर्तामोड, धरान, बीरगञ्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, घोराहि, नेपालगन्ज, धनगढीमा रक्तदान कार्यक्रम गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ