२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यलायन्सका सदस्यले क्रिष्टल डाइग्नोष्टिकमा परीक्षण गराउँदा २५ प्रतिशतसम्म छुट पाउने

लायन्सका सदस्यले क्रिष्टल डाइग्नोष्टिकमा परीक्षण गराउँदा २५ प्रतिशतसम्म छुट पाउने


काठमाडौं—द इन्टरनेशनल एशोसिएसन अफ लायन्स क्लब डिस्टिक ३२५ एफ, एमडी ३२५ काठमाडौं र सिनामंगलस्थित क्रिष्टल डाइग्नोष्टिक ल्याबबीच सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । बुधबार धुम्बराहीस्थित दियो बैक्वेटका लायन्सका गर्भनर लायन डा. राजेन्द्र गिरी र क्रिष्टलका प्रबन्ध निर्देशक रबिन्द्र केसीबीच सेवामा छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतापछि क्रिष्टलले लायन्सका सम्पूर्ण सदस्यहरुलाई ल्याब परीक्षणमा २५ प्रतिशत छुट दिने भएको छ । यसैगरी, मोलिक्युलर परीक्षण, एक्स रे, इसिजी , पल्मोनरी फंसन टेष्ट र इन्डोस्कोपीमा २० प्रतिशत छुट दिनेछ । यसैगरी, अल्ट्रासाउण्डमा १० प्रतिशत क्रिष्टलले लायनका सदस्यहरुलाई छुट दिनेछ ।

उक्त कार्यक्रममा क्रिष्टल भवनमै रहेको प्रोमेड क्लिनिकका मेडिकल निर्देशक डा. परशुराम घिमिरे पनि थिए । कार्यक्रममा उनले प्रोमेडले हेड एक एण्ड भर्टाइयो क्लिनिक सञ्चालनमा ल्याइएको जानकारी दिदैं टाउको दुख्ने र रिंगटा लाग्नेजस्ता समस्याहरुका लागि उक्त क्लिनिक उपयोगी हुने विश्वास व्यक्त गरे ।

‘टाउको दुख्ने, रिंगटा लाग्ने समस्या धेरैलाई हुन्छ । तर, यो हुने बितिकै कसलाई देखाउने जाने भन्ने अस्पष्ट छ । कोही नाक, कान, घाँटीको, कोही आँखाको त कोही न्यूरो सर्जन कहाँ जाने गरेको पाइन्छ,’ उनले भने, ‘यो सबैलाई संगठित रुपमा एकै छानामुनिबाट सेवा दिने हिसाबले हामीले हेड एक एण्ड भर्टाइगो क्लिनिक सञ्चालनमा ल्याएका हौ ।’ उनले क्लिनिकले लायन्स क्लबले सिफारिस गरेका बिरामीलाई विशेष छुटको व्यवस्था गर्ने जानकारी दिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ