२०८१ साउन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यप्रोमेडले विशेषज्ञ ओपीडी सेवा र सुगर परीक्षण सेवा निःशुल्क उपलब्ध गराउँदैं

प्रोमेडले विशेषज्ञ ओपीडी सेवा र सुगर परीक्षण सेवा निःशुल्क उपलब्ध गराउँदैं


काठमाडौं—सिनामंगलस्थित ‘प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिक’ले विशेषज्ञ ओपीडी र सुगर परीक्षण सेवा निःशुल्क उपलब्ध गराउँदैं आएको छ । क्लिनिकका प्रबन्ध निर्देशक डा. विश्वनाथ कोइरालाअनुसार क्लिनिकले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क ओपीडी र सुगर परीक्षण गर्नेछ ।

प्रोमेडले १ भदौदेखि विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परामर्श र फ्री सुगर परीक्षण गरिरहेको छ । ‘हामीले सामाजिक उत्तरदायित्वअन्तर्गत फ्री ओपीडी र फ्री सुगर जाँच गरिरहेका छौं,’ डा. कोइरालाले भने, ‘यो सेवा अर्को सूचना नभएसम्म जारी रहन्छ ।’

विहान ८ः३० बजेदेखि साँझ ६ बजेसम्म बिरामीले विशेषज्ञ चिकित्सकबाट निःशुल्क ओपीडी र सुगर जाँच सेवा लिन सक्नेछन् ।

प्रोमेड १५ साउनदेखि टाउको दुख्ने र रिंगटा लाग्ने बिरामीहरुका लागि भनेर छुट्टै हेडएक एण्ड भर्टाइगो क्लिनिकसमेत सञ्चालनमा ल्याएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ