२०८१ कात्तिक २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यपसिनाले कसरी राख्छ मानिसलाई स्वस्थ ? कसरी लड्छ ब्याक्टेरियासँग ?

पसिनाले कसरी राख्छ मानिसलाई स्वस्थ ? कसरी लड्छ ब्याक्टेरियासँग ?


मानिसहरु पसिनाको स्मेलका कारण तनावमा रहन्छन् । तर, त्यही तनाव दिने पसिना र त्यसको स्मेल दुवै स्वास्थ्यका लागि फाइदाजनक रहेको पाइएको छ । योर्क युनिभर्सिटीले गरेको अनुसन्धानमा पसिना हाइड्रेट मात्रै नराखेर छालालाई कयौं बिमारीबाट समेत बचाउँछ ।

वास्तवममा मानिसको छालामा २०० प्रकारका ब्याक्टेरिया हुन्छन् । पसिना निस्कँदा यी ब्याक्टेरिया सक्रिय हुन्छन् । पसिना स्वयंमको आफ्नो कुनै गन्ध हुँदैन् । तर, हाम्रो काँख, जाँधको बीचबाट निस्कने पसिनामा फ्याट र प्रोटिन हुन्छ । केही खास प्रकारका ब्याक्टेरियाहरु त्यहाँ बढी एक्टीभ हुन्छन् ।

जसका कारण ती भागमा पसिनाको स्मेल बढी आउँछ । तर, यो ब्याक्टेरिया एक्जिमाजस्ता बिमारीबाट बचाउँछ । पसिना MRSA जस्ता बिमारीबाट पनि टाढा राख्छ । यसका ब्याक्टेरिया सामान्यतयाः अस्पतालको आसपास पाइन्छन् । अमेरिकाका ठूलो जनसंख्या यो बिमारीबाट पीडित छ ।

योर्क युनिभर्सिटीका बायोलोजिष्ट गेविन थम्सकाअनुसार पसिनामा स्मेल हाम्रो शरीरमा ब्याक्टेरियाका कारण हुन्छ । भोका ब्याक्टेरिया पसिनाको मलिक्युल खान्छन्, जसबाट अर्को मलिक्युल बन्छ । जसको अलग—अलग गन्ध हुन्छ ।

डर्माटोलोजिष्ट रिचर्ड गैलकाअनुसार हाम्रो पसिना एक प्रकारको एन्टीबायोटिक जुस हो, जुन हानिकारक ब्याक्टेरियासँग लड्नका लागि पर्खाल तयार गर्छ । एन्टीब्याक्टेरियल साबुनले नुहाएपछि पनि यो शरीरमा मौजुद रहन्छ । नुहाएको १० मिनेटभित्रै यो पुनः तयार हुन्छ र मानिसको स्वस्थ राख्छ ।

-दैनिक भाष्करबाट


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ