२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यपिआरएसएनद्वारा तनहुँका विद्यालयमा परिवार नियोजन र गर्भपतन सम्बन्धी अभिमुखीकरण

पिआरएसएनद्वारा तनहुँका विद्यालयमा परिवार नियोजन र गर्भपतन सम्बन्धी अभिमुखीकरण


काठमाडौं—चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगन्ज नर्सिङ क्याम्पस र जनस्वास्थ्य केन्द्रीय विभागका विद्यार्थीहरुको सामाजिक उत्तरदायित्वका लागि चिकित्सक पिआरएसएन—एससी आईओएमले तनहुँका विभिन्न विद्यालयमा परिवार नियोजन र गर्भपतनबारे अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । पिआरएसएन—एससी आईओएमले १७ भदौंमा तनहुँका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई उक्त अभिमुखीकरण तालिम दिएको हो ।

भानु नगरपालिकाअन्तर्गतका विभिन्न चार विद्यालयका कक्षा ७ देखि ११ सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको संस्थाकाका अध्यक्ष अनुज पाण्डेले जानकारी दिए ।

पिआरएसएनले विद्यालय समूहका विद्यार्थीमाझ यौन तथा प्रजनन, महिनावारी र मानसिक स्वास्थ तथा अधिकारबारे ज्ञानको दायरा बढाउने तथा यस्तो ज्ञानको अभावमा हुनसक्ने दुर्घटना रोक्ने उदेश्यले यस्तै अभिमुखीकरण कार्यक्रम विगत वर्षदेखि चलाउँदै आएको छ ।

कोभिड-१९ का कारण झन्डै एक वर्ष रोकिए पनि फेरि कार्यक्रमलाई निरन्तरता दिन पाउँदा खुसी लागेको कार्यक्रममा सदस्य पुष्पराज भामले बताए ।

चिकित्सा क्षेत्रका विद्यार्थी भएको नाताले बिरामीको उपचार मात्र नभएर स्वास्थको बारेमा शिक्षा र चेतना फैलाउनु सबैको कर्तव्य भएको र पिआरएसएनले त्यो कर्तव्य पूरा गर्न एउटा अवसर प्रदान गरेकोमा खुशी लागेको बताउँदै संस्थाका उपाध्यक्ष सुजन पौडेलले अन्य क्षेत्रका विद्यार्थीहरुले पनि यस्ता सीप सिकाई र क्षमता अभिमुखीकरण कार्यक्रम सन्चालन गरिनुपर्ने बताए ।

साथै यो कार्यक्रम आउँदो एक वर्षसम्म संचालन हुने र महाराजगन्ज क्याम्पसका विभिन्न विद्यार्थीले यसमा भाग लिई तनहुँका विद्यार्थीहरुलाई तालिम दिने पिआरएसएनले जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ