२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यटोखाको ग्रीनलाइफ हेल्थकेयरलाई सामुदायिक अस्पताल बनाइने

टोखाको ग्रीनलाइफ हेल्थकेयरलाई सामुदायिक अस्पताल बनाइने


काठमाडौं—टोखास्थित गीनलाइफ हेल्थकेयर पोलिक्लिनिकलाई सामुदायिक अस्पतालमा रुपान्तरण गरिने भएको छ । टोखा—७ तिलिङटारस्थित रहेको उक्त पोलिक्लिनिकलाई स्थानीय चिकित्सकहरुको पहलमा समुदायमा आधारित अस्पताल बनाउने तयारी अगाडि बढाइएको हो ।

शुक्रबार दियालो फुडल्याण्ड बसुन्धरामा भएको ‘टोखा डक्टर्स मिट—२०७९’ मार्फत भएको स्थानीय चिकित्सकहरुको बैठकले पोलिक्लिनिकलाई समुदायमा आधारित अस्पताल बनाउने निर्णय गरेको हो । पोलिक्लिनिक व्यवस्थापनले स्थानीय चिकित्सकहरु आवद्ध समुदायमा आधारित अस्पताल बनाउन पहल गर्नका लागि उक्त बैठक आयोजना गरेको थियो ।

बैंठकको सभापतित्व ग्रीनलाइफ हेल्थकेयरका अध्यक्ष डा. रोशन भट्टराईले गरेका थिए । जसमा प्रमुख अतिथीका रुपमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी रहेका थिए । विशिष्ट अतिथीका रुपमा नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्की रहेका थिए ।

अन्य अतिथीहरुमा टोखा नगरपालिका उपप्रमुख मुरारी तामाङ, नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजाल रहेका थिए ।

अस्पताल स्थापनाको अवधारणा र मोडलको विष्यमा भावी कार्ययोजनासहितको प्रस्तुती डा. क्षितिज सापकोटाले दिएका थिए ।

६२ जना चिकित्सकहरुको उपस्थिती रहेको उक्त बैठकले ग्रीनलाइफ हेल्थकेयरलाई समुदायमा आधारित अस्पतालमा कसरी रुपान्तरण गर्ने भन्ने विषयमा छलफल गरेको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ