२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यक्रिष्टलमा आईएमई पेका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

क्रिष्टलमा आईएमई पेका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने


काठमाडौं—सिनामंगलस्थित क्रिष्टल डाइग्नोष्टिक र आईएमई डिजिटल सोलुसनबीच छुट सम्बन्धी सम्झौता भएको छ । शुक्रबार भएको उक्त सम्झौताअनुसार आईएमई पेका ग्राहकले क्रिष्टलमा १५ प्रतिशतसम्म छुट पाउने छन् ।

‘आईएमईपेबाट सेवा लिने ग्राहकले क्रिष्टलमा हुने सबै परीक्षणमा १५ प्रतिशत डिस्काउट पाउनेछन्,’ क्रिष्टलका सिईओ सुनिल राउतले भने, ‘आईएमई पेका कर्मचारी र कर्मचारीका परिवारले २५ प्रतिशत छुट पाउनेछन् ।’

सम्झौतामा क्रिष्टल डाइग्नोष्टिक प्रा.लि.का सिईओ सुनिल राउत र आईएमई डिजिटल सोलुसन लिमिटेडका सिईओ अमोद भट्टराईले हस्ताक्षर गरेका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ