२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यवात्सल्य आईभीएफद्वारा नेपालमै पहिलोपटक ओभरियन टिस्यु फ्रिजिङ सुरु

वात्सल्य आईभीएफद्वारा नेपालमै पहिलोपटक ओभरियन टिस्यु फ्रिजिङ सुरु


काठमाडौं—वात्सल्य आईभीएफले नेपालमै पहिलो पटक ओभरियन टिस्यु फ्रिजिङ गर्ने भएको छ । शुक्रबार होटल एलफ्टमा आयोजित ओभरियन टिस्यु फ्रिजिङको विधी र आवश्यकता सम्बन्धी सेमिनारमा वात्सल्यका कार्यकारी निर्देशक (सिईओ) प्रशान्त सुवेदीले नेपालमा हालसम्म डिम्ब, शुक्रकिट र भ्रूणको मात्रै फ्रिजिंग हुँदै आएकोमा अब पहिलो पटक वात्सल्यले ओभेरियन टिस्यु फ्रिजिंगको सुरुवात गरेको जानकारी दिएका छन् ।

वात्सल्यकी प्रजनन तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको अगुवाईमा शुक्रबार आयोजित उक्त सेमिनारमा ओभरियन टिस्यु फ्रिजिङको विधी र आवश्यकताबारे जानकारी दिइएको थियो । सेमिनारमा जर्मनीका इम्ब्रोलोजी विशेषज्ञ डा. जोसेफ लेह्रर र डा. भारतीले नयाँ प्रविधी सम्बन्धि तथ्यहरु पेश गरेका थिए ।

यस नयाँ प्रविधि (ओभेरियन टिस्यु फ्रिजिंग) अन्तर्गत महिलाको डिम्बासय वा यसका केही भाग डिम्बसहित झिकिन्छ । डिम्बसहितको टिस्युको पहिचान गरी यसको फ्रिजिंग गरिन्छ । क्यान्सर रोगका कारण केमोथेरापी गराउनुपर्ने भएमा वा प्रजनन अंगमा हानी पुग्ने अन्य उपचार गराउनु परेमा यो विधि उपयोगी सावित हुन्छ । यसले डोनर एग नै लिनुपर्ने बाध्यतालाई पनि न्यूनीकरण गर्ने डाक्टरहरु बताउँछन् ।

वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. भोला रिजाल प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा फर्टिलिटी सोसाइटी अफ नेपाल (फेसोन)मा आवद्ध स्त्री रोग विशेषज्ञहरुको बाक्लो उपस्थिती रहेको थियो ।

हालसम्म नि:सन्तान उपचार र सफलता प्राप्तिमा अग्र स्थानमा रहेको वात्सल्य आईभीएफले निरन्तर रुपमा नयाँ(नयाँ प्रविधिको पहिचान गरी अन्तर्राष्ट्रियस्तरको सेवा नेपालमै प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ