२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यमुटु दिवसमा नर्भिकद्वारा हेल्थ प्याकेजमा छुट

मुटु दिवसमा नर्भिकद्वारा हेल्थ प्याकेजमा छुट


काठमाडौं—नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा छुटको अफर सार्वजनिक गरेको छ । अस्पतालले आगामी सेप्टेम्बर २९ तारिखका दिन परेको वर्ल्ड हर्ट डे (विश्व मुटु दिवस)को अवसर पारेर हेल्थ प्याकेजको शुल्क ३५ प्रतिशतसम्म छुट पाउने जनाएको छ ।

हेल्थ प्याकेजअन्तर्गत गरिने विभिन्न परीक्षणहरुका लागि तोकिएको शुल्कमा ३५ प्रतिशतसम्म छुट पाइने अस्पतालले जनाएको छ । यस्तो छुट सम्बन्धी व्यवस्था लागु भइसकेको र अबको एक महिनाभित्रमा हेल्थ प्याकेज खरिद गर्नेले पाउन सकिनेछ ।

विश्व मुटु दिवसको अवसर पारेर डिजाइन गरिएको प्याकेजअन्तर्गत सुगर फास्टिङ, आरएफटी, टोटल कोलेस्ट्रोल, इसीजी, यूरिन रुटिन, इको, ईएसआर, सीबीसीलगायतका जाँचहरु गरिनेछ । यी जाँचहरु गर्दा लाग्ने साविकको शुल्कमा ३५ प्रतिशतसम्म छुटको अफरसहित विशेष हेल्थ प्याकेज घोषणा गरिएको हो ।

यसपटकको विश्व मुटु दिवस यूज हर्ट फर एभ्री हर्टको थिममा विश्वभर मनाइँदैछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ