२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यअमेरिकामा बढ्दैंछ डिप्रेशन, ६ महिनामा ५ प्रतिशत बिरामी बढे

अमेरिकामा बढ्दैंछ डिप्रेशन, ६ महिनामा ५ प्रतिशत बिरामी बढे

अब ६५ वर्षभन्दा कम उमेरकामा एन्जाइटी चेकअप हुने


अमेरिकामा नागरिकहरुमा डिप्रेशन तीब्र रुपले बढ्दै गएको पाइएको छ । यसलाई ध्यानमा राख्दैं त्यहाँको हेल्थ प्यानलले पहिलो पटक ६५ वर्षभन्दा कम उमेरका सबै युवाहरुको एन्जाइटी र मानसिक स्वास्थ्यको जाँच गर्न सिफारिस गरेको छ ।

यो सिफारिस यस्तो समयमा गरिएको हो, जतिबेला देशमा मानिसहरु तनाव बढाउने बिमारीहरु लङ्ग कोभिड, महंगीको कारण आर्थिक समस्या र अनिश्चितताका कारण तनावहरु चुलिएका छन् ।

युएस प्रिवेन्टीभ सर्विस ट्रास्क फोर्स एडभाइजरी समूहले यसको जाँचले मानिसहरुलाई मानसिक तनाव कम गर्नमा सहयोग मिल्नेछ । यस समस्याहरु लगातार अनदेखा गरिएको छ । प्यानलले बच्चा र किशोरहरुका लागि पनि यस वर्षको सुरुवातमै यो जाँचका लागि सिफारिस गरेको छ ।

ह्युमन हेल्थ र सर्विस डिपार्टमेन्टका तर्फबाट बनाइएको यो प्यानल कोभिड—१९ भन्दा पहिलेदेखि नै रिपोर्टको तयारी गर्दैछ । म्यासाच्युसेट चान मेडिकल स्कुलमा प्रोफेसर र यस टास्क फोर्सको एक जना लोरी पबर्टकाअनुसार एन्जाइटीको ठूलो कारण अपराध बढ्नु, लकडाउनको तनाव र कोभिडमा आफन्तको मृत्यु हो ।

टास्क फोर्सले अध्ययनमा यो पायो कि अगस्त २०२० देखि फ्रेबुअरी २०२१ को बीचमा वयस्कहरुमा एन्जाइटी वा डिप्रेशनको लक्षणहरुका केस ३६.४ प्रतिशतबाट बढेर ४१.५ प्रतिशत पुगे । धेरै साइकोलाजिष्टहरुका मान्छन् कि एन्जाइटीको स्क्रीनिङ त्यतिबेला सफल हुनेछ, जब उनीहरुलाई बाहिर आउने बाटो देखाइने छ । अर्को चुनौती त्यति धेरै स्तरमा स्वास्थ्य संसाधन र कर्मचारी जुटाउनु हुनेछ ।

प्यानलको सिफारिसमा अमेरिकी नागरिकहरुबाट १७ अक्टोबरसम्म सुझाव लिइदैंछ । मानसिक स्वास्थ्यका विषयमा यस्तो परिवर्तन देखिनेमा अमेरिका एक्लो देश होइन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)काअनुसार कोभिड—१९ को पहिलो लहरमा मानिसहरुमा डिप्रेशन र एन्जाइटीमा २५ प्रतिशत वृद्धि भएको छ । टास्क फोर्सका अनुसार अमेरिकामा लगभग २५ प्रतिशत पुरुष र लगभग ४० प्रतिशत महिलाहरु एन्जाइटीका शिकार हुन्छन् । शोधकाअनुसार पुरुषहरुको तुलनामा महिलाहरुमा एन्जाइटीको जोखिम दुई गुणा रहन्छ ।

दैनिक भाष्करबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ