२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यप्रभु हस्पिटल बिरामीलाई ५० प्रतिशत छुटसहित कार्यक्रम गर्दै

प्रभु हस्पिटल बिरामीलाई ५० प्रतिशत छुटसहित कार्यक्रम गर्दै


वीरगन्ज—प्रभु हस्पिटलले आफनो तेस्रो स्थापना दिवसको अवसरमा ५० प्रतिशत ओपिडी छुटसहितको साताव्यापी कार्यक्रमहरु गर्न लागेको छ । वीरगंजको पानीटंकीमा रहेको प्रभु हस्पिटलले वृक्षारोपण, शैक्षिक सामाग्री वितरण, पाठेघर क्यान्सरको जनचेतनासहित रक्तदान लगायतका कार्यक्रमहरु गर्न लागेको छ ।

स्थापना दिवसको अवसरमा आइतबार वृक्षारोपण कार्यक्रम गरिएको थियो । त्यसैगरी, सोमबार न्यूरो ओपिडी, मंगलबार अर्थो, बुधबार पेडिया डेन्टिस, विहिबार फिजिसियन कार्डो, शुक्रबार गाइनो र सर्जरी ओपिडीमा ५० प्रतिशतको छुटसहितको सुविधा बिरामीहरुका लागि दिन लागेको जनाएको छ ।

हस्पिटलको स्थापना दिवसको अवसरमा पाठेघरको क्यान्सर र असन्तुलित हर्मोन सम्बन्धी जनचेतनाको साथै चाडपर्व र डेङ्गु रोगको प्रकोपलाई लक्षित गर्दै शनिबार वृहत रक्तदान कार्यक्रम गर्न लागेको हस्पिटलका संचालक डा. मनोज गुप्ताले जानकारी दिए ।

उमेर बढेसँगै महिलामा हुने असन्तुलित हर्मोनको कमी र पाठेघरको क्यान्सरबारे मधेश प्रदेशमै जनचेतनाको कमी भएकाले त्यसबारे जानकारीका लागि जनचेतनालगायतका कार्यक्रम गर्न लागेको हस्पिटलकी वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. लक्ष्मी थापाले जानकारी दिइन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ