२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यधुम्बाराहीमा ए ग्रेडको एपोलो डाइग्नोष्टिक सञ्चालनमा

धुम्बाराहीमा ए ग्रेडको एपोलो डाइग्नोष्टिक सञ्चालनमा

सस्तोमा गुणस्तरी परीक्षण सेवा उपलब्ध गराउने प्रतिवद्धता


काठमाडौं—धुम्बाराहीमा ए ग्रेडको अत्याधुनिक डाइग्नोष्टिक सेन्टर सञ्चालनमा आएको छ । बिरामीलाई उच्चस्तरको सेवा दिने र गुणस्तरीय स्वास्थ्य परीक्षण गर्ने लक्ष्यका साथ एपोलोले काम गरिरहेको सेन्टरका प्रबन्ध निर्देशक विनोद रेग्मीले जानकारी दिए ।

उनकाअनुसार झण्डै ५० जना हाराहारीमा कर्मचारी सक्रिय ल्याबले ५ सय बढी रुटिङ र विशेष परीक्षण गर्दै आएको छ । सेन्टरले बिरामीहरुको सुविधालाई ध्यान दिदै निःशुल्क होम कलेक्सन र डेलिभरी को समेत व्यवस्था गरेको छ ।

‘हामीले डाइग्नोष्टिक क्षेत्रमा उच्चस्तरको गुणस्तरीय सेवा दिने उद्देश्यले काम गरिरहेका छौं,’ प्रबन्ध निर्देशक रेग्मीले भने, ‘दक्ष जनशक्ति र अत्याधुनिक उपकरणबाट सेवा दिइरहेका छौं ।’ क्वालिटी कन्ट्रोलमा विशेष ध्यान दिएकाले एपोलोको सेवा पनि विश्वसनीय रहेको उनले जानकारी दिए ।

नेपालबाट धेरै परीक्षणहरू बाहिर जाने गरेकाले स्वदेशमै त्यो सेवा उपलब्ध गराउने गरी एपोलोले बढीभन्दा बढी परीक्षण नेपालमै गर्न खोजिरहेको छ । अहिले एपोलोले दशै तिहार विशेष अफर दिइरहेको छ । जसअन्तर्गत २५ रुपैयाँ सुगर जाँच, ५ सय ९५ रुपैयाँमा थाइराइड (टिएफटी) जाँच, १ हजार २ सय ९५ मा भिटामिन डि परीक्षण र ९९५ मा भिटामिन बी १२ परीक्षण गरिरहेको छ । यसैगरी, सेन्टरले दशैं तिहार अफर अन्तर्गत होल बडी चेकअपमा १ हजार ६ सय ९५ देखि ५ हजार ४ सय ९५ सम्मका लागि ४ वटा प्याकेज र अन्य विभिन्न १५ वटाभन्दा बढी हेल्थ प्याकेज ग्राहकलाई उपलब्ध गराइरहेको छ ।

एपोलो डाइग्नोष्टिक सेन्टरले नविल बैंक, सिटिजन्स बैक, मेगा बैंक, ज्योति विकास बैंक र सिटि एक्सप्रेस समूहका कर्मचारी र कर्मचारीका परिवारका सदस्य, खातावावाल, कार्ड होल्डर र मोबाइल बैकिङ प्रयोगकर्तालाई सम्पूर्ण सेवामा २० प्रतिशत छुट दिइरहेको छ ।

सेन्टरले ल्याब परीक्षण रिपोर्टहरु वेवसाइट, इमेल, भाइबर र ह्याटएपबाटै उपलब्ध गराउँदै आएको रेग्मीले जानकारी दिए । उनकाअनुसार बिरामीका लागि सेन्टरले हट लाइनको नम्बर पनि सञ्चालनमा ल्याएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ