२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोभिड-१९ को मुटुमा गम्भीर असरः एक वर्षपछि पनि हृदयघात र रगत जम्ने जोखिम

कोभिड-१९ को मुटुमा गम्भीर असरः एक वर्षपछि पनि हृदयघात र रगत जम्ने जोखिम


काठमाडौं—कोभिड—१९ भाइरसले मुटुको तन्तुलाई नोक्सान पु¥याएको पाइएको छ । कोभिड संक्रमणमुक्त भएका बिरामीहरु ठिक भएको कम्तिमा एक वर्षसम्म पनि मांसपेशी सुन्निने, मुटुको धड्कन अनियमित हुने, रगत जम्ने, हृदयघात र स्ट्रोकको जोखिम रहने अनुसन्धानबाट देखिएको हो ।

अमेरिकाको मेरिल्याण्ड युनिभर्सिटीका वैज्ञानिकहरुकाअनुसार भाइरसको खतरानाक प्रोटिनका कारण यस्ता गम्भीर समस्याहरु उत्पन्न हुने गर्छन् । अनुसन्धानमा संलग्न झी हानकाअनुसार कोभिड—१९ को मुल स्ट्रेन सार्स—कोभ—२ को प्रोटिन शरीरका जरुरी तन्तुलाई असर गर्न सक्छन् । यो विलकुल यस्तै हो, जस्तो ह्युमन इम्युनो डेफिसेन्सी भाइरस (एचआईभी) र जिका भाइरसको संक्रमण हुँदा हुन्छ ।

वैज्ञानिकहरुअनुसार संसारभरमा कोभिडको गम्भीरतालाई कम गर्नका लागि जुन भ्याक्सिन र औषधीको बनाउन थालिएको छ, ती औषधीहरु पनि संक्रमणबाट मुटु एवं अन्य अंगहरुलाई हुने नोक्सानबाट बचाउन सक्दैनन् ।

अनुसन्धानले मुटुमा कोभिड भाइरसको प्रोटिनको नेगेटिभ इफेक्टलाई रिवर्स गर्नका लागि एक औषधी प्रयोग गरिएको थियो । उक्त औषधीको नाम सेलिनेक्सर हो । यसलाई माहुरी र मानिसको सेलमा प्रयोग गरिन्छ । औषधीले हानिकारक प्रोटिनमध्ये एक प्रोटिनको टक्सीसिटी घटाएको थियो । यसको नाम एनएसपी६ हो ।

अनुसन्धानमा पाइयो कि माहुरीको मुटुका लागि एनएसपी६ को सबै टक्सिन प्रोटिन हो । यो माहुरीको मुटुका कोषहरुलाई कब्जा गर्छ । यसबाट ग्लाइकोलाइसिस प्रक्रिया सुरु हुन जान्छ । यसमा कोष इनर्जीको लागि फ्याटी एसिडका कारण सुगर ग्लुकोजको खपत गर्न थाल्छ । यो प्रक्रिया केवल हर्ट फेलियरको दौरान हुन्छ । एनएसपी६ माइटोक्रान्ड्रियामा पनि नोक्सान गर्छ ।

माहुरीमा सुगर मेटाबोलिज्मको ब्लक गर्नका लागि २—डिअक्सी—डि ग्लुकोज(२डिजी) लाई प्रयोग गरिन्छ । यसमा मुटु तथा माइटोकान्ड्रियाको एनएसपी६द्वारा भएको नोक्सान कम गर्न सहयोग पुगेको थियो । वैज्ञानिकहरु भन्छन् कि २डिजी एक किफायती औषधी हो । यसकारण यसलाई यो लामो अनुसन्धानका क्रममा बढी प्रयोग गरिएको थियो ।

२डिजीको अमेरिकाको फुड एण्ड ड्रग्स एडमिनिष्ट्रेसनले मन्जुरी दिएको छैन तर भारतमा यसलाई कोभिड—१९ को उपचारका लागि क्लिनिकल ट्रायल गरिदैछ । अब बैज्ञानिकको एनएसपी६ का बारेमा पत्ता लागिसकेकाले मुटुमा हुने नोक्सानी कम गर्ने औषधी पत्ता लगाउनका पनि चाडै सम्भव हुनेछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ