२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यडिमेन्सिया र अल्जाइमरमाथि नयाँ अनुसन्धानः लक्षण देखिनु ९ वर्ष पूर्व नै रोग पत्ता लगाउन सकिन्छ

डिमेन्सिया र अल्जाइमरमाथि नयाँ अनुसन्धानः लक्षण देखिनु ९ वर्ष पूर्व नै रोग पत्ता लगाउन सकिन्छ


संसारभका वैज्ञानिकहरु डिमेन्सिया तथा अल्जाइमरजस्ता मस्तिष्क सम्बन्धी रोगको स्थायी उपचार खोज्नेमा लागिरहेका छन् । हालै इंग्ल्याण्डको क्याब्रिज युनिभर्सिटीको अनुसन्धानले मानिसमा लक्षण देखिनुपूर्व नै यी रोग थाहा पाउने तरिका पत्ता लगाएको छ ।

अनुसन्धानअनुसार बिरामी हुनु ९ वर्ष पहिले नै रोगलाई डिटेक्ट गर्न सकिन्छ । नयाँ अनुसन्धानले ती मानिसहरुलाई सबैभन्दा बढी फाइदा हुनेछ, जसले पहिल्यैदेखि नै बिर्सने बिमारीको खतरा छ ।

वैज्ञानिकहरुको भनाइ छ कि हाल डिमेन्सिया एवं पार्किन्सन रोगको कमसे कम एक लक्षण देखाइ दिने बितिकै रोगको डाइग्नोसिस गर्न सकिन्छ । जबकी दिमागमा भइरहेको यो बदलाव कयौं साल वा दशकौं पहिलेबाट हुन थाल्छ ।

अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले ४० देखि ६९ वर्षका ५ लाख मानिसहरुको बायोमेडिकल डाटालाई विश्लेषण गरेका थिए । यसमा आनुवंशिक (जेनेटिक), लाइफस्टाइल र स्वास्थ्यसँग जोडिएका जानकारीहरु थिए । तथ्यांकमा मानिसको याद गर्न सक्ने क्षमता, समस्या निराकरण, प्रतिक्रिया दिने समय, वस्तु पक्रिने ताकत र तौल घट्ने—बढ्नेको जानकारी पनि थियो ।

नतिजामा यो पाइयो कि जुन मानिसलाई अल्जाइमर थितयो, स्वस्थ मानिसहरुको तुलनामा उनीहरुको समस्या निकारण स्किल, प्रतिक्रियाको समय, संख्या कष्ठ गर्ने क्षमता र जोडी मिलाउने क्षमता निकै खराब थियो । जब यी मानिसहरुको पृष्ठभूमी हेरियो, त्यतिबेला थाहा भयो कि वर्षौ पहिलेदेखि यिनीहरुको दिमागी क्षमता कमजोर भइरहेको थियो ।

अनुसन्धानमा सामेल क्याब्रिज युनिभर्सिटीका जुनियर डाक्टर नोल स्वादिवुधिपोंग भन्छन्, ‘बिरामीमा बिर्सने बिरामीको कुनै ठो लक्षण देखिनुभन्दा वर्षौ पहिले नै उनीहरुमा हल्का लक्षण देखिन थाल्छन् ।

अब यो अध्ययनको मद्धतले ५० वर्षभन्दा बढी उमेरका यस्ता मानिसहरुको पहिलो जाँच गर्न सकिनेछ । जसको रक्तचाप बढी रहन्छ, जो एक्ससाइज गर्दैनन् र जसले मस्तिष्क सम्बन्धी रोगको जोखिम बढी हुन्छ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार संसाभर ५.५ करोड मानिस डिमेन्सिया पीडित छन् ।

दैनिक भाष्करबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ